धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले गर्यो भारी शुल्क वृद्धि, बिद्यार्थी संगठनद्वारा बिरोध
धनकुटा, ८ असोज । धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्सले प्रशिक्षार्थीबाट भारी शुल्क लिने गरेको खुलासा भएको छ । विद्यार्थी भर्नामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद भक्तपुरले तोके भन्दा बढि शुल्क लिएपछि विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।
निर्धारण गरिएभन्दा बढि शुल्क लिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियु र अने...





























