साँगुरीगढीमा खोलाको बगरमा खेल मैदान (भिडियोसहित)

साँगुरीगढीमा खोलाको बगरमा खेल मैदान (भिडियोसहित)

धनकुटा, ८ असोज ।  धनकुटाको साँगुरीगढी गाँउपालिकाले स्थानको अभाव देखाउदै खोलाको बगरमा खेलमैदान निर्माण गरेको छ । सो गाँउपालिकाको वडा नं.४ को फेदी स्थित लेउती खोलामा खेल मैदान निर्माण सुरु गरेको जनाईएको छ । गत आर्थिक वर्ष गाँउपालिकाले करिब ३ लाख रुपैया“ विनियोजन गरेर बगर सम्याउने काम गरेको वडाध्यक्ष खड्ग लिम्बुले जानकारी दिए । मैदानमा ढुंगा गिटी भएका कारण खेल खेल्न सहज नभएको खेलाडीको गुनासो छ । ...
धनकुटामा गाजा सहित दुई पक्राउ

धनकुटामा गाजा सहित दुई पक्राउ

धनकुटा, ८ असोज । धनकुटा नगरपालिका वडा नं.९ स्थित सिर्सिरे भीर नजिकबाट ५ केजी गाजा सहित प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । आइतवार राति मोटरसाईकलमा गाजा बोकेर बिक्रिको लागि लैजादै गर्दा शहिदभूमि गाउपालिका ९ का २५ वर्षिय नविन राई र २१ वर्षिय समित राईलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रहरी चौकी मुलघाटका ईन्चार्ज असई राजेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले गा“जा सहित नियन्त्रणमा लिएको...
नेपाल विद्यार्थी संघ आन्दोलित, धनकुटामा प्रदर्शन

नेपाल विद्यार्थी संघ आन्दोलित, धनकुटामा प्रदर्शन

धनकुटा, ८ असोज । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तथा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको दोषी माथि कारवाहि लगायतको माग राख्दै नेपाल विद्यार्थी संघले सोमवार विरोध प्रदर्शन गरेको छ । नेविसंघमा आवद्ध विद्यार्थीले धनकुटा बहुमुखी क्याम्पसको मुल गेट अगाडि आधा घण्टा चक्का जाम गरेर विरोध प्रदर्शन समेत गरेका छन् । ११ बजेदेखि साढे ११ बजेसम्म चक्काजाम गरिएको जनाईएको छ । चाडप...
पशुपतिनगरमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट राख्न स्वीकृति

पशुपतिनगरमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट राख्न स्वीकृति

पशुपतिनगर, ८ असोज । इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा माग गर्दै आएका थिए । सीमा क्षेत्रका नेपाली नागरिकको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै इलामको सीमा क्षेत्र पशुपतिनगरमा पहिलो चरणमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थाप...
धनकुटाको माघामा कृषि समुहको भवन उद्घाटन

धनकुटाको माघामा कृषि समुहको भवन उद्घाटन

धनकुटा, ७ असोज । धनकुटा नगरपालिका वडा नं. ४ स्थित माघामा हाङ्गचुवा कृषि समुहको भवन निर्माण कार्य सम्पन्न भएको छ । प्रदेश सरकार तथा नगरपालिकाको आर्थिक सहयोगमा भवन निर्माण गरिएको समुहका अध्यक्ष दिलकुमारी राईले बताइन् । प्रदेश ‘क’ का सांसद निरन राई मार्फत तीन लाख र धनकुटा नगरपालिका ४ नं.वडा कार्यालयको एक लाख सहयोग र स्थानीयको जनश्रमदानबाट भवन निर्माण गरिएको थियो । नव निर्मित भवनको प्रदेश सांसद...
बालिका बलात्कारको आरोपमा पक्राउ

बालिका बलात्कारको आरोपमा पक्राउ

मोरङ, ७ असोज । सुनसरीको धरान उप-महानगरपालिका ११ स्थित सगरमाथा टोलमा बालिका बलात्कारको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर जिल्लाको घोडेटार ७ रानीवास घर भई हाल धरान ११ बस्ने ३० वर्षिय दुर्गा बहादुर बि.क.लाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । बि.क.ले सोही स्थान बस्ने १२ बर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको पीडित बालिकाका बाबुले दिएको जाहेरीको आधारमा पक्राउ गरी...
टाउको चुढिएको कंकाल भेटियो

टाउको चुढिएको कंकाल भेटियो

मोरङ, ७ असोज । मोरङमा सृङ्गखलाबद्ध अपराधका घटना भइरहेको अवस्थामा पुनः होमपाईपभित्र एक पुरुषको वेवारिसे अवस्थामा सडेको लाश फेला परेको छ । विराटनगर १८ बुधनगर जाने बाटो नजिकै खेतबारीको होमपाईपमा आइतवार शव फेला परेको हो । टाउको र शरिर सडिसकेको कारण पहिचान हुन नसकेका करिब ३० वर्षीय व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी ...
धनकुटामा महिला सुरक्षाको माग राख्दै प्रदर्शन

धनकुटामा महिला सुरक्षाको माग राख्दै प्रदर्शन

धनकुटा, ७ असोज । सुरक्षाको माग राख्दै नेपाली कांग्रेसको भगिनी संगठन महिला संघले आइतवार धनकुटामा नारा जुलुश प्रदर्शन गरेको छ । कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको जुलुशले बजारका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सीताराम कार्की समक्ष ज्ञापन पत्र बुझाएको पार्टी सचिव विजयसन्तोषी राईले जानकारी दिए । उनीहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि ...
सिधुवामा ग्रासरुट फुटवल (फोटो फिचरसहित)

सिधुवामा ग्रासरुट फुटवल (फोटो फिचरसहित)

सिधुवा, ६ असोज । धनकुटाको सिधुवामा ग्रासरुट फुटवल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला फुटवल संघको आयोजनामा भएको प्रतियोगितामा छथर जोरपाटी गाउँपालिकाका बिभिन्न बिद्यालयका ७४ जना बिद्यार्थी सहभागि थिए । एन्फाको कार्यक्रम अन्र्तगत वालवालिकालाई लक्षित गरी प्रतियोगिता गरिएको हो । कार्यक्रममा छथर जोरपाटी पाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले खेलकुदको बिकासका लागि प्रशस्त बजेट बिनियोजन गरिएको जानक...
धनकुटामा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

धनकुटामा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

धनकुटा, ६ असोज । नेपाल तरुण दल साँगुरीगढीले शनिवार भेडेटारको थुम्कीमा जनप्रतिनिधिहरुलाई सम्मान र क्यान्सरपीडितलाई सहयोग गरेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरिएको हो । सम्मानीत हुनेमा साँगुरीगढी–५ का वडाध्यक्ष पलकवहादुर वस्नेत, वडा सदस्य संगिता तोलांगी, वडा नं. ६ का वडाध्यक्ष यमप्रकाश मगर, वडा सदस्यहरु सुन वहादुर राई, महोनलाल लिम्...
जन्म र मृत्यु दर्ता गर्दा प्रोत्साहन रकम

जन्म र मृत्यु दर्ता गर्दा प्रोत्साहन रकम

मङ्गलबारे, इलाम ६ असोज । व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले इलाम फाकफोकथुम गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न दोस्रो गाउँसभाले जन्मदर्ता र मृत्युदर्ता समयमै गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो । व्यक्तिगत घटनालाई प्रोत्साहित गर्न ३५ दिनभित्रमा घटना दर्ता गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्र...
धनकुटा: प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा जनप्रतिनिधि पक्राउ

धनकुटा: प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा जनप्रतिनिधि पक्राउ

धनकुटा, ६ असोज । गस्तीमा रहेको प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा पाख्रीबास नगरपालिका वडा न ४ का वडा सदस्य बम बहादुर गुरुङ पक्राउ परेका छन् । माधक पदार्थ सेवन गरी इलाका प्रहरी कार्यालय पाख्रीबासको बा.२ झ.२३३ नम्बरको गाडीमा ढुंगा प्रहार गरेको भन्दै वडा सदस्य गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । पाख्रीबास नगरपालिका कार्यालय अगाडी रोकिराखेको अवस्थामा गुरुङले गाडीमा ढुंगा प्रहार गरेको प्रहरीको आरो...
स्वदेशी लगानीमा माथिल्लो अरुण निर्माण हुने

स्वदेशी लगानीमा माथिल्लो अरुण निर्माण हुने

काठमाडौँ, ६ असोज । नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोजनालाई कम्पनी ढाँचामा अग...
खुर्शिद हत्या छानविन गर्न समिति गठन

खुर्शिद हत्या छानविन गर्न समिति गठन

काठमाडौँ, ५ असोज ।  गृह मन्त्रालयले सुनसरीका शिक्षक खुर्शिद अन्सारीको हत्याको घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । मन्त्रालयले दाहालको संयोजकत्वमा प्रहरी उपरीक्षक रेशमकुमार थन्सु, उप अनुसन्धान निर्देशक तुलसी प्रसाईं, १ नं प्रदेशका आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य सदस्य र सुनसरी जिल्ला प्रशासन...
मेचीनगरमा सोह्र नयाँ कुष्ठरोगी फेला

मेचीनगरमा सोह्र नयाँ कुष्ठरोगी फेला

भद्रपुर, ५ असोज । मेचीनगर नगरपालिकामा १६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नगरले कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नयाँ बिरामी धमाधम फेला पर्न थालेका हुन् । नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी खोज्दै गाउँगाउँ पस्न थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताउनुभयो । संयोजक राईका अनुसार वडा नं १० को धुलाबारी क्...
झापामा शनिबारदेखि टि–२० क्रिकेट प्रतियोगिता

झापामा शनिबारदेखि टि–२० क्रिकेट प्रतियोगिता

भद्रपुर, ५ असोज । कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट एकेडेमी, ह्वाइट वास क्रिकेट क्लब, लाली गुराँस क्रिकेट एकेडेमी र युनाइटेड क्रिकेट एकेडेमीको सहभागिता रहने संयोज...
अरुण नदीमा बृद्धा बेपत्ता

अरुण नदीमा बृद्धा बेपत्ता

धनकुटा, ५ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–५ रामबजारकी ६१ वर्षीया शुककुमारी राई अरुण नदीमा बेपत्ता भएकी छन् । बिहीबार बिहान करिव ५ बजे घरमा कसैलाई नसोधी हिडेकी राई अरुण नदीमा डुवेर बेपत्ता भएको प्रहरीको आशंका छ । घरबाट सम्पर्कबिहिन भएपछि खोजी गर्ने क्रममा साँझ आपँडाडा स्थित अरुण नदी किनारमा उनको टर्चलाइट, चप्पल, घडि र पैसा बोक्ने थैली भेटिएको छ । नदी किनारमा उनका सामानहरु भेटिएकाले नदीमा ...
नोबेलमा बिकिरण सुरक्षा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला

नोबेलमा बिकिरण सुरक्षा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला

विराटनगर, ४ असोज । अस्पतालका बिकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यशाला बिहिबार बिराटनगरमा सम्पन्न भएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको सहयोगमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले कार्यशाला गरेको हो । नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यशाला उद्घाटन गर्दै प्रदेश प्रमुख प्रा.डा.गोबिन्द बहादुर तुम्वाहाङले बिकिरणबाट बच्न सावधानी अपन...
अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

काठमाडौँ, ४ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीका खुर्शिद अन्सारी हत्याको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताउएका छन्। आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका प्रतिनिधिमण्डलसँगको भेटमा उनले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री थापाले भने, “यो घटनालाई मैले गम्भीररुपमा लिएको छु, अपराधी जो सुकै भए पनि ...
फिदिममा रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान

फिदिममा रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान

पाँचथर, ४ असोज । पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । १० जना स्थानीय जग्गा धनीले फिदिम नगरप...
हरियो चिया पत्ती उत्पादनमा कमी

हरियो चिया पत्ती उत्पादनमा कमी

पशुपतिनगर, इलाम, ४ असोज । पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न ११३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया उत्पादन क्षमता पाँच करोड २१ लाख किलो रहेको छ । एक सय १३ उद्योग...
डिजिटल प्रहरी परिचालन प्रणालीको शुभारम्भ

डिजिटल प्रहरी परिचालन प्रणालीको शुभारम्भ

विराटनगर, ४ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा पहिलो चरणमा शुुरु भएको डिजिटल प्रहरी परिचालन प्रणालीको आज शुभारम्भ गर्र्दै उनले छिमेकी मुलुकसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा व्यवस्थित बनाउन मोबाइल एप्स प्रणाली पनि सञ्चालनमा ल्या...
सुनसरीमा गोली चल्यो, एकको मृत्यु २ प्रहरी घाइते

सुनसरीमा गोली चल्यो, एकको मृत्यु २ प्रहरी घाइते

सुनसरी, ४ असोज । सुनसरीको हरिनगर गाउँपालिकामा एक व्यक्तिको गोली हानी हत्या गरीएको छ । हरिनगर गाउँपालिका–४ मा स्थानिय विद्यालयका शिक्षक खुर्सिद आलम अन्सारीलाई भारतीय नं प्लेट भएको मोटरसाइकलमा सवार व्यक्तिले गोली हानी हत्या गरेका हुन् । हरिनगर गाउँपालिकाका वडाध्यक्ष गफार अन्सारीका अनुसार हत्या गरी फरार हुनेको प्रहरीद्वारा खोजी कार्य भइरहेको छ । आज पौने एघार बजे मोटरसाईकलमा आएका दुई जना हतियाधारी ...
प्रदेश १ मा आठ महिनामा १०१ बालिका बलात्कृत

प्रदेश १ मा आठ महिनामा १०१ बालिका बलात्कृत

विराटनगर, ४ असोज । प्रदेश नं. १ अन्र्तगतका १४ जिल्लामा आठ महिनाको अवधिमा १०१ जना बालिका बलात्कृत भएका छन् । गत जनवरीदेखि अगष्टसम्मको तथ्यांक हेर्दा बालिका, किशोरी तथा महिलाहरु १०१ वटा बलात्कारको घटना भएको देखिन्छ । यस अवधिमा २ जना नवजात शिशुसहित ६ जना बालिकाको हत्या भएको छ । त्यसैगरी १८ जना किशोरी तथा बालिकाहरुमा बलात्कार प्रयास भएको ७ जनामा यौनदुब्र्यवहार भएको जनाइएको छ । मानव अधिकार उल्लङ्घन...
धनकुटामा संविधान दिवसको अवसर पारेर सरसफाई र वृक्षारोपण

धनकुटामा संविधान दिवसको अवसर पारेर सरसफाई र वृक्षारोपण

धनकुटा, ३ असोज । संबिधान दिवसको अवसर पारेर धनकुटामा सरसफाई र बृक्षारोपण गरिएको छ । नेपालको संविधान २०७२ जारी भएको दिनको अवसरमा धनकुटा नगरपालिकाको अगुवाईमा वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको हो । धनकुटा बसपार्कमा नवनिर्मित फूलबारी तथा धनकुटा–७ स्थित रमाइलो घुम्तीमा वृक्षारोपण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, नगरपालिकाका प्रम...
धनकुटा कारागारका अधिकांस कैदीबन्दीको आँखामा संक्रमण

धनकुटा कारागारका अधिकांस कैदीबन्दीको आँखामा संक्रमण

धनकुटा, ३ असोज । जिल्ला कारागार धनकुटामा रहेका अधिकांस कैदीबन्दीको आँखामा समस्या देखिएको छ ।  संविधान दिवशको अवसरमा नेत्रज्योती संघले गरेको परिक्षणका क्रममा ६३ जना कैदीबन्दीमा आँखाको समस्या देखिएको हो । चार महिलासहित ७२ कैदीबन्दी रहेको जिल्ला कारागारमा १२ जनाले चस्मा लगाउँनुपर्ने अवस्था छ भने अन्य सबैले औषधि प्रयोग गर्नु पर्ने भएकाले औषधी वितरण गरिएको नेत्रज्याती संघका अध्यक्ष द्रोण गुरागाईले ...
डा.शर्माद्वारा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक प्रदान (भिडियो रिपोर्टसहित)

डा.शर्माद्वारा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक प्रदान (भिडियो रिपोर्टसहित)

विराटनगर, २ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो । बिद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ ग...
धनकुटामा बन्यो नेपालकै पहिलो औधोगिकग्राम

धनकुटामा बन्यो नेपालकै पहिलो औधोगिकग्राम

धनकुटा, २ असोज । स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनकालागि नेपालमै पहिलो पटक धनकुटामा औधोगिकग्राम स्थापना गरिएको छ । तर, औधोगिक ग्राम सञ्चालन कार्यबिधि नबनेका कारण पहिलो चरणका भवन निर्माण भएरपनि सञ्चालनमा आउन सकेको छैन । उद्योग स्थापनाकालागि धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरियो । तर, लामो समयसम्म कुनैपनि उद्योग स्थापना हुन नसक्दा संरक्...
उर्लाबारीमा रक्तसञ्चार सेवा शुरु

उर्लाबारीमा रक्तसञ्चार सेवा शुरु

उर्लाबारी, मोरङ, २ असोज ।  नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले यहाँ पहिलो पटक रक्तसञ्चार सेवा ब्लड बैंक शुरु गरेको छ । गत साउन पहिलो साता नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सो सेवाको उद्घाटन गर्नुभएको थियो । आवश्यक पूर्वाधार नहुँदा झण्डै दुई महिनापछि मात्र उपशाखाले सोमबारदेखि उक्त सेवा दिन थालेको हो । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा शुरु भएको सो से...
सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विराटनगरमा ग्राउन्डेड

सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विराटनगरमा ग्राउन्डेड

मोरङ, १ असोज । सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विराटनगर बिमानस्थलमा ग्राउन्डेड भएको छ । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान साढे ८ बजे उक्त जहाजमा चरा ठोक्किएको थियो । चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएकाले जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउन्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय शाखाका नि...
१ नम्बर प्रदेश सरकारले तीन दिनसम्म यसरी मनाउँदैछ संविधान दिवस

१ नम्बर प्रदेश सरकारले तीन दिनसम्म यसरी मनाउँदैछ संविधान दिवस

मोरङ, १ असोज । प्रदेश नं. १ सरकारले अस्थाई राजधानी विराटनगरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर सविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय मुल समारोह समिति गठन गरी असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी सविधान दिवस मनाउने तयारी गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी संबिधान दिवस मनाउँने सम्बन्धि जानकारी दिएको हो । प्रद...
error: Content is protected !!