संगालोखबर सम्वाददाता

धनकुटा, ८ असोज ।  धनकुटाको साँगुरीगढी गाँउपालिकाले स्थानको अभाव देखाउदै खोलाको बगरमा खेलमैदान निर्माण गरेको छ ।

Advertisement

सो गाँउपालिकाको वडा नं.४ को फेदी स्थित लेउती खोलामा खेल मैदान निर्माण सुरु गरेको जनाईएको छ । गत आर्थिक वर्ष गाँउपालिकाले करिब ३ लाख रुपैया“ विनियोजन गरेर बगर सम्याउने काम गरेको वडाध्यक्ष खड्ग लिम्बुले जानकारी दिए ।

मैदानमा ढुंगा गिटी भएका कारण खेल खेल्न सहज नभएको खेलाडीको गुनासो छ । बर्खामा आउने बाढिले सुनसुकै बेला पनि धार परिवर्तन गरी मैदानबाटै खोलो बग्न सक्ने अवस्था रहे पनि मैदान निर्माण कार्य थालिएको छ ।

सुरक्षित स्थानमा मैदान निर्माण गर्न स्थान अभाव भएकाले सोहि स्थानमा खेलमैदान निर्माण गर्न वाध्य भएको वडाध्यक्ष लिम्बुले बताए ।

भिडियाे हेर्नुहाेस्…

https://www.youtube.com/watch?v=fAmYcOT49ig&pbjreload=10

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!