विराटनगर, ४ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको बताएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङमा पहिलो चरणमा शुुरु भएको डिजिटल प्रहरी परिचालन प्रणालीको आज शुभारम्भ गर्र्दै उनले छिमेकी मुलुकसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा व्यवस्थित बनाउन मोबाइल एप्स प्रणाली पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।

मुख्यमन्त्री राईले विगत सात महीनामा प्रदेश सरकार आवश्यक संरचना तथा पूर्वाधार निर्माणमा लागेकाले अबको समय प्रदेशको समृद्धिमा लाग्ने बताए ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नागरिकको सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील छ भने ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रमुख जिल्ला अधिकारी रमेश केसी र प्रदेश प्रहरी प्रमुख केदार रिजालले डिजिटल प्रहरी परिचालन प्रणालीलाई विस्तार गर्नुपर्ने औँल्याए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!