काठमाडौँ, ५ असोज ।  गृह मन्त्रालयले सुनसरीका शिक्षक खुर्शिद अन्सारीको हत्याको घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

Advertisement

मन्त्रालयले दाहालको संयोजकत्वमा प्रहरी उपरीक्षक रेशमकुमार थन्सु, उप अनुसन्धान निर्देशक तुलसी प्रसाईं, १ नं प्रदेशका आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य सदस्य र सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य सचिव रहनेगरी समिति गठन गरेको हो ।

मन्त्रालयले समितिलाई १५ दिनभित्र घटनाको विस्तृत छानविन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले घटनाको अध्ययन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई छुट्टै अनुसन्धान टोली बनाएर अध्ययन गर्न निर्देशन दिएको छ ।

यसअघि बिहीबार नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले खुर्शिदको हत्याबारे छानविन गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!