१ नम्बर प्रदेश सरकारले तीन दिनसम्म यसरी मनाउँदैछ संविधान दिवस
मोरङ, १ असोज । प्रदेश नं. १ सरकारले अस्थाई राजधानी विराटनगरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर सविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय मुल समारोह समिति गठन गरी असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी सविधान दिवस मनाउने तयारी गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी संबिधान दिवस मनाउँने सम्बन्धि जानकारी दिएको हो । प्रद...




























