संगालोखबर सम्वाददाता

धनकुटा, २ असोज । स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनकालागि नेपालमै पहिलो पटक धनकुटामा औधोगिकग्राम स्थापना गरिएको छ । तर, औधोगिक ग्राम सञ्चालन कार्यबिधि नबनेका कारण पहिलो चरणका भवन निर्माण भएरपनि सञ्चालनमा आउन सकेको छैन ।

Advertisement

उद्योग स्थापनाकालागि धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरियो । तर, लामो समयसम्म कुनैपनि उद्योग स्थापना हुन नसक्दा संरक्षण अभावमा अधिग्रहण गरिएको जग्गा बेवारीसे जस्तै बन्यो । अन्तत औधोगिक ब्यवस्थापन लिमिटेडको स्वामित्तोमा रहेको जग्गा औधोगिकग्रामको नाममा ल्याएर औधोगिकग्राम स्थापनाको तयारी गरियो ।

पहिलो चरणमा सुर्खेत र धनकुटामा औधोगिकग्राम स्थापनाको तयारी गरिएपनि धनकुटामा भने पहिलो चरणको भवन निर्माण भइसकेको छ ।यो सञ्चालनमा आएपछि पूर्वीपहाडी जिल्लाको घरेलु तथा साना उद्योगको प्रबद्र्धनमा टेवा पुग्ने घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख दिपक पौडेलले बताए ।

हालसम्म करिब ४ करोड रुपैयाको लागतमा औधोगिकग्रामको ४८ मध्ये पहिलो चरणमा १३ वटा ब्लक निर्माण गरिएको छ । त्यस्तै पहुच मार्ग, पर्खाल, गेट, दुई वटा ट्वाइलेट बाथरुम, नालि र पानी ट्याङ्की निर्माण गरिएको छ । अब थप दुइ चरणमा गरि थप ३५ ब्लक निर्माण गरिनेछ ।

साना उद्योग, आवास, बिक्रि कक्ष, बाल केयर सेन्टर, स्वास्थ्य सेवा लगायत सबै सेवा औधोगिकग्राम भित्रै उपलब्ध हुने प्रमुख पौडेलले जानकारी दिए । जग्गा अधिग्रहणको लामो समयपछि पुर्बाधार निर्माण भएपछि स्थानीयबासी तथा उद्यमीसमेत खुःसी बनेका छन् । स्थानीयले रोजगार पाउने तथा धेरै उद्योग एकै ठाउमा हुँदा धेरै फाइदा पुग्ने स्थानीय उद्यमी कबिता कन्दङ्वा बताउँछिन् ।

तर, औधोगिकग्रामको पहिलो चरणको काम सम्पन्न हुदासमेत सञ्चालन कार्यबिधि निर्माण हुन नसकेको हो । औधोगिकग्राम कसको मातहतमा रहने भन्ने अन्यौलताका कारण कार्यबिधि बन्न नसकेको हो । जसका कारण पहिलो चरणमा सम्पन्न भएका भबनसमेत सञ्चालनमा आउन सकेका छैनन् ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!