गुट्काले लियो ज्यान

गुट्काले लियो ज्यान

विराटनगर,२४ पुस ।  मोरङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले आज दिएको जानकारीअनुसार सोही स्थानका ३५ वर्षीय शर्मानन्द तिम्सिनाले सोमबार राति गुट्खा खाँदा घाँटीमा अड्किएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भोजपुरमा छ बर्षीया बालिका बलात्कृत

भोजपुरमा छ बर्षीया बालिका बलात्कृत

भोजपुर, २४ पुस । भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो । बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो । आ...
चौसठ्ठी वर्षदेखिको पहिरो नियन्त्रणमा

चौसठ्ठी वर्षदेखिको पहिरो नियन्त्रणमा

पशुपतिनगर, २४ पुस । इलाम नगरपालिका–१२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी विसं २०६७ मा नियन्त्रणको काम शुरु गरेको थियो । स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९/७० सालबाट बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०६९/७० म...
अग्निपीडित परिवारलाई राहत वितरण

अग्निपीडित परिवारलाई राहत वितरण

 सिरहा २४, पुस  सिरहाको नवराजपुर गाउँपालिका–१ गोरुवाहाका अग्निपीडित परिवारलाई आज गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादवलगायतका पदाधिकारी पीडित परिवारको घरमै पुगेर कम्मल, त्रिपाललगायतका राहत सामग्री वितरण गर्नुभयो । स्थानीयवासी रामेश्वर यादवको घरबाट सोमबार सल्किएको आगो फैलिएर आगलागी हुँदा उहाँको दुई घर र गोरु, भैँसी, बाख्रालगायत पशु चौपाय...
लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

लहान, २४ पुस । लेनदेन बिगो मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई सोमबार साँझ सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सुरेशप्रसाद साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको लेनदेन मुद्दामा फरार रहेका सिराहा नगरपालिका–१२ सारश्वर निवासी चन्द्रदेव दासलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त दासलाई जिल्ला अदालत सिरहामा बुझाइने प्रहरीले जनाएको छ ।...
अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर, २४ पुस ।  मोरङको बूढीगङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । जिल्ला कबड्डी सङ्घको सहयोगमा यही पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको छ । सङ्घका अध्यक्ष भुवनेश्वर मण्डलले सञ्चारकर्मीसँग आज कुरा गर्दै प्रदेश नं १ मा पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालबाट नेपाल आर्मी तथा नेपाली कबड्डी राष्ट्रिय टोलीसहित पाँच ...
धनकुटामा ट्राफिक सचेतनाका लागि राखियो टेलिभिजन

धनकुटामा ट्राफिक सचेतनाका लागि राखियो टेलिभिजन

धनकुटा, २४ पुस । सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोग सम्बन्धि श्रब्यदृष्य मार्फत जानकारी गराउँन धनकुटाको मदनचौकमा एलईडी टेलिभिजन राखिएको छ । मदनचौक स्थित नगरपालिकाको व्यापारिक भवनको भित्तामा राखिएको टेलिभिजनको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले उद्घाटन गरेका छन् । माछापुच्छ्रे बैंक धनकुटा शाखा र धनकुटा नगरपालिका ५ नम्बर वडा कार्यालयको सहयो...
कपडा उद्योगमा आगलागी

कपडा उद्योगमा आगलागी

उर्लाबारी, २३ पुस ।  मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक कपडा उद्योगमा आज आगलागी हुँदा रु ६० लाखभन्दा बढीको क्षति भएको छ । भाग्य फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योग सञ्चालन गरिएको घर, १७ वटा कपडा सिलाउने मेशिन, कटिङ मेशिन, तयारी कपडा, थान कपडा, कपडा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, जेनेरेटर, फ्रिज, पङ्खा, इन्भर्टर, कम्प्युटर, टिभी, फर्निचरका सामान जलेर नष्ट ...
राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल

राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल

  पथरी, २३ पुस ।  राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका विषयमा सहमति जुट्न नसक्दा र प्रदेश सरकारले प्रदेशसभालाई छलफलका विषयवस्तु उपलव्ध गराउन नस...
हावाबाट बिजुली झलमल

हावाबाट बिजुली झलमल

फिदिम, २३ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उहाँ खुशी हुनुहुन्छ । उहाँलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ । स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा उत्पादित वायु र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आयोजनाबाट वर्षौंदेखि ...
झुपडीका बेसहारालाई डा.शर्माको साथ : सबै खर्च बेहोरेर उपचार गर्दा नयाँ जीवनको आभाष

झुपडीका बेसहारालाई डा.शर्माको साथ : सबै खर्च बेहोरेर उपचार गर्दा नयाँ जीवनको आभाष

बिराटनगर, २१ पुस । धुले सडक किनारामा बाँसको टाटीले बेरिएको थोत्रे झुपडी । बाहिरबाट भित्र प्रष्ट देखिने गरी भताभुङ्ग भएको टाटीको वेरा माथि सिधै आकास देखिने छिया–छिया भएको खरको छानो । झट्ट हेर्दा बाख्राको अव्यवस्थित खोर झै लाग्ने यही झुपडीमा कष्टपूर्ण गुजारा चलाईरहेका बेसहारा बृद्ध दम्पतीको व्यथा कहाली लाग्दो छ । मोरङको बेलवारी–४ सखुवाटोलीका ७३ बर्षीय परु र ७० बर्षीया बुधुनी चौधरीलाई गरिविको चर...
राससलाई महानगरले सहयोग गर्ने

राससलाई महानगरले सहयोग गर्ने

विराटनगर, २२ पुस ।  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ कार्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उक्त कार्यालय आज निरीक्षण गर्दै उहाँले जनतालाई सूसुचित गर्ने रासस समयानुकूल बन्न सक्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यालयको मर्मत र रंङरोगनमा सहयोग गर्ने आश्वासन दिँदै महानगर प्रमुख पराजुलीले रासस जनताकै सेवामा समर्पित रहेकाले यो संस...
भोजपुर–चखेवा सडक कालोपत्रे शुरु

भोजपुर–चखेवा सडक कालोपत्रे शुरु

भोजपुर, २२ पुस । मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवा सडक कालोपत्रे गर्न शुरु भएको छ । विभिन्न पाँचवटा खण्डमा काम भइरहेकामा पहिलो खण्डको साढे सात किलोमिटरमा कालोपत्रे शुरु भएको हो । भोजपुरको देउरालीचोकदेखि शेराखोलासम्मको कालोपत्रे भइरहेको छ । दोस्रो खण्डअन्तर्गत साढे सात किलोमिटर ग्राबेल तथा स्टक्चर र तेस्रो खण्डअन्तर्गत आठ किलोमिटरमा कटिङको काम तीव्र रुपमा काम भइरहेको इञ्जिनीयर रवीन्द्र महर...
अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क

अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क

सोलुखुम्बु, २२ पुस । जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । “स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराउनुभएको छ”, अध्यक्ष राईले भन्नुभयो, “हामी उक्त जग्गामा सुव...
कोसी टप्पुमा पानी चराको गणना शुरु

कोसी टप्पुमा पानी चराको गणना शुरु

इनरुवा, २२ पुस ।  चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ । सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी (पानी चरा) को गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाले बताउनुभयो । कोसी पक्षी समाज, हिमाली प्रकृति, नेपाल पक्षीविद् सङ्घ र कोशी टप्प...
उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवाविहीन

उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवाविहीन

गाईघाट, २२ पुस । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक डा पवन साह र डा विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प हुँदै आएको हो । जिल्ला अस्पताल उदयपुरका प्रमूख डा बिष्णुबहादुर...
लेटाङमा देउवाको गर्जन : वाइडबडी प्रकरणमा जोसुकै संलग्न भएपनि काङ्ग्रेसले छाड्दैन

लेटाङमा देउवाको गर्जन : वाइडबडी प्रकरणमा जोसुकै संलग्न भएपनि काङ्ग्रेसले छाड्दैन

उर्लाबारी, २१ पुस । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहे...
धनकुटाको मुगामा यसरी पल्टियो स्काभेटर (तस्वीर)

धनकुटाको मुगामा यसरी पल्टियो स्काभेटर (तस्वीर)

पल्टियो स्काभेटर : धनकुटाको पाख्रीवास नगरपालिका–७ मुगा स्थित जलदेवी नजिक गाडीमा ‘लोड’ गर्ने क्रममा शनिवार पल्टिएको स्काभेटर । दुर्घटनामा मानवीय क्षति भने भएन । प्रायः ग्रामिण क्षेत्रमा सडक निर्माणमा प्रयोग हुँने चेनवाला स्काभेटरलाई गाडीमा राखेर अर्को ठाउँमा लैजाने गरिन्छ । तस्वीर : शान्तिराम गौतम ।  
धनकुटामा ट्याक्टर पल्टिदा चालकको मृत्यु

धनकुटामा ट्याक्टर पल्टिदा चालकको मृत्यु

धनकुटा, २१ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा आज अपरान्ह ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धरानबाट पाँचथर जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दिउँसो करिव ३ बजे डुम्रेमा पल्टिएको हो । दुर्घटनामा परी ट्याक्टर चालक सिरहा करजना–५ का ३० बर्षीय सञ्जिव पासवानको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार त...
बालविवाहको आरोपमा दुई प्रहरी नियन्त्रणमा

बालविवाहको आरोपमा दुई प्रहरी नियन्त्रणमा

ओखलढुङ्गा, २० पुस । बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत छिन् । उनीहरुले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले जिल्ला प्रहरी कार्यालय...
भोजपुर–काठमाडौँ सातै दिन उडान हुने

भोजपुर–काठमाडौँ सातै दिन उडान हुने

भोजपुर, २० पुस ।  भोजपुर –काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडौँ उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार भोलिबाट उडान हुने कार्यालयले जनाएको छ । त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु हु...
कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छः प्रधानमन्त्री

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छः प्रधानमन्त्री

मिक्लाजुङ, २० ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताउनुभएको छ । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताउनुभयो । “मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक...
स्वास्थ्य क्षेत्रमा नमूना काम

स्वास्थ्य क्षेत्रमा नमूना काम

सङ्खुवासभा, २० पुस। धर्मदेवी नगरपालिकाको तेस्रो नगरसभाले दीर्घ प्रकृतिका रोगीलाई लक्षित गरी देशमै नमूनाको रूपमा स्वास्थ्य क्षेत्रमा उदाहरणीय कामको थालनी गरेको छ । नगरक्षेत्रका मिर्गौला, क्यान्सरपीडित, दम, मुटुका रोगीलगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका नगरभित्रका विपन्न, गरीब, असहाय, अशक्त रोगीको लागि प्राथमिक उपचारसँगसँगै सुविधा सम्पन्न अस्पतालमा लैजान प्रेरित गरि...
गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय

गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय

खोटाङ, २० पुस ।  रावाबेंशी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भत्काउनुभएको छ । तीन महीनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भत्काउनुभएको हो । भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफ...
भोजपुरमा स्वास्थ्य सस्थाबाट सुत्केरी गराउँनेको संख्या बढ्यो

भोजपुरमा स्वास्थ्य सस्थाबाट सुत्केरी गराउँनेको संख्या बढ्यो

भोजपुर, २० पुुुस । स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी विभिन्नखाले सेवाको विस्तार भएसँगै स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा वान हर्ट वल्ड वाइडले ग्रामीण अल्ट्रासाउण्ड मेसिन र तालीम दिएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो । वान हर्ट वल्ड वाइडले सन् २०१६ को फेब्रुवरी महीनादेखि आमा र...
मृत मानिसको मुटु जिवितमा सार्ने चिकित्सक धितालले भने ‘नोबेललाई सहयोग गर्न तयार छु’

मृत मानिसको मुटु जिवितमा सार्ने चिकित्सक धितालले भने ‘नोबेललाई सहयोग गर्न तयार छु’

बिराटनगर। मृत व्यक्तिको मुटु जिवित व्यक्तिमा सफलतापूर्वक सारेर चर्चा कमाएका बरिष्ठ सर्जन डा.कुमुद धितालले ओपन हार्ट सर्जरीका लागि नोबेललाई सहयोग गर्न तयार रहेको बताएका छन् । नोबेल शिक्षण अस्पतालमा आयोजित अन्तरक्रियामा बोल्दै डा.धितालले यस्तो बताएका हुन् । पूर्वी नेपालका बिरामीहरुको उपचारको प्रमुख गन्तब्यको रुपमा रहेको नोबेलमा ओपन हार्ट सर्जरी सुरु गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले त्यसका लाग...
एकल पुरुषलाई पनि मासिक भत्ता

एकल पुरुषलाई पनि मासिक भत्ता

भद्रपुर, २० पुस ।  झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताउनुभयो । “एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ”, उहाँले भन्नुभयो, “असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भ...
बालविवाह गर्ने भारतीयलाई कैद

बालविवाह गर्ने भारतीयलाई कैद

सप्तरी, २० पुस । बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ । शम्भुनाथ नगरपालिका–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गर्ने गरेको आरोपमा सप्तरी जिल्ला अदालतले उनलाई सो सजाय दिएको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिनभयो । भारतीय प्रहरीको सहयोगमा २०७५ वैशाख ३० गते पक्राउ परेक...
झापाको कनकाईमा जिल्लाकै पहिलो काँटी उद्योग स्थापना

झापाको कनकाईमा जिल्लाकै पहिलो काँटी उद्योग स्थापना

बनियानी, २० पुस । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना गरी काँटी उत्पादन शुरु गर्नुभएको हो । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापा चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे बताउनुभयो । “कोरियामा पाँच वर्ष काम गरेँ”,...
धनकुटाकी नव गायिका राईको ‘जुनी’ विमोचन

धनकुटाकी नव गायिका राईको ‘जुनी’ विमोचन

काठमाण्डौं, १९ पुस । धनकुटाकी नव गायिका जुनी खालिङ राईको पहिलो गीति एल्बम ‘जुनी’ विमोचन भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पालगायतले एल्बम सार्वजनिक गरे । नेपाली वाङ्मय परिषद्द्वारा आयोजित उक्त समारोहमा पूर्वमन्त्री शेर्पाले गीत–संगीतले समाजलाई परिवर्तन गर्ने सामथ्र्य राख्ने बताए । उनले भने, ‘त्यसैले सार्थक गीत–संगीतको प्रवद्र्धनमा ...
बिराटनगर आएर राष्ट्रपति भण्डारीले भनिन् ‘शैक्षिक विकासबाट नै राष्ट्रको उन्नती हुन्छ’

बिराटनगर आएर राष्ट्रपति भण्डारीले भनिन् ‘शैक्षिक विकासबाट नै राष्ट्रको उन्नती हुन्छ’

विराटनगर, १९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको विकासबाट नै राष्ट्रको उन्नति हुने बताउनुभएको छ । राष्ट्रपति भण्डारीलाई स्वागत तथा अभिनन्दका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आज आयोजना गरेको कार्यक्रममा उहाँले चेतना र लोकतन्त्रको सम्वाहक महेन्द्र मोरङ क्याम्पसको भूमिका अग्रणी छ भन्नुभयो । राष्ट्रपति भण्डारीले विगतमा आफू यस क्याम्पसमा अध्ययन गरेको स्मरण गर्दै मुलुक...
error: Content is protected !!