ओखलढुङ्गा, २० पुस । बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत छिन् । उनीहरुले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले जिल्ला प्रहरी कार्यालयमा सूचना दिनुभएको थियो ।

तोकेको भन्दा कम उमेरमा विवाह गरेको भन्ने सूचनाका आधारमा उनीहरु दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिनुभयो । ओखलढुङ्गाामा ५० प्रतिशतभन्दा बढी बालविवाह हुने गरेका विभिन्न अध्ययनले देखाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!