विराटनगर, २४ पुस ।  मोरङको बूढीगङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।

Advertisement

जिल्ला कबड्डी सङ्घको सहयोगमा यही पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको छ ।

सङ्घका अध्यक्ष भुवनेश्वर मण्डलले सञ्चारकर्मीसँग आज कुरा गर्दै प्रदेश नं १ मा पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालबाट नेपाल आर्मी तथा नेपाली कबड्डी राष्ट्रिय टोलीसहित पाँच टोलीको सहभागिता रहने बताउनुभयो ।

सङ्घका सचिव उपेन्द्र यादवले प्रतियोगितामा विजयी हुने टोलीलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!