विराटनगर, २२ पुस ।  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ कार्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Advertisement

उक्त कार्यालय आज निरीक्षण गर्दै उहाँले जनतालाई सूसुचित गर्ने रासस समयानुकूल बन्न सक्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यालयको मर्मत र रंङरोगनमा सहयोग गर्ने आश्वासन दिँदै महानगर प्रमुख पराजुलीले रासस जनताकै सेवामा समर्पित रहेकाले यो संस्था सबल हुन सके जनतामा अझ सूचनाको हकको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।

उहाँलाई कार्यालय प्रमुख मोहम्मद सदरुल र उपसमाचारदाता मनोज दाहालले कार्यालयको वस्तुस्थितिबारे अवगत गराउनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!