Advertisement

पथरी, २३ पुस ।  राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन ।

त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका विषयमा सहमति जुट्न नसक्दा र प्रदेश सरकारले प्रदेशसभालाई छलफलका विषयवस्तु उपलव्ध गराउन नसक्दा समयमै प्रदेशसभाले हिउँदे अधिवेशन पर धकेलिएको हो । प्रदेश सरकारले बर्खे अधिवेशन अन्त्य गर्न लाग्दा आउँदो हिउँदे अधिवेशनमा प्रदेशको नामाङ्कन र स्थायी राजधानी टङ्गो लगाउने बताएको थियो तर सहमति हुन नसकेकैले हिउँदे अधिवेशन शुरु गर्न ढिलो भएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थायी राजधानी र नाम सहमतिबाट टुङ्गो लगाउने प्रयास गर्दा गृहकार्य नपुगेको महसुस भयो”, उहाँले भन्नुभयो, “त्यसमा सहमति जुटाउन अझै गृहकार्य गर्नुपरेकाले अधिवेशन शुरु हुन नसकेको हो ।” प्रदेशको नाम र राजधानी सम्भवतः हिउँदे अधिवेशनमा टुङ्गिे सभामुख भण्डारीले बताउनुभयो ।

प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानून निर्माण भैसकेकाले पनि अधिवेशन ढिलो भएको भन्न नमिल्ने उहाँको भनाइ थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक सूर्य राईले प्रदेश सरकारको निक्कमापनका कारण प्रदेशको नाम र राजधानी अन्योलमा परेको आरोप लागाउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!