भोजपुर, २० पुस ।  भोजपुर –काठमाडौँ उडान थप गरिएको छ ।

Advertisement

यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडौँ उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार भोलिबाट उडान हुने कार्यालयले जनाएको छ ।

त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु हुने भएको छ । आइतबार र बिहीबार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!