- संगालोखबर सम्वाददाता

धनकुटा, २४ पुस । सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोग सम्बन्धि श्रब्यदृष्य मार्फत जानकारी गराउँन धनकुटाको मदनचौकमा एलईडी टेलिभिजन राखिएको छ ।

Advertisement

मदनचौक स्थित नगरपालिकाको व्यापारिक भवनको भित्तामा राखिएको टेलिभिजनको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले उद्घाटन गरेका छन् ।

माछापुच्छ्रे बैंक धनकुटा शाखा र धनकुटा नगरपालिका ५ नम्बर वडा कार्यालयको सहयोगमा करिव ७० हजारको लागतमा ट्राफिक सचेतनाका लागि टेलिभिजन राखिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

उनका अनुसार सो टेलिभिजनबाट सडक प्रयोगकर्ताहरुलाई लक्षित गरी ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोग सम्बन्धि दृष्य देखाईनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!