- गोमा ढुंगाना/संगालोखबर
फाईल तस्वीर

धनकुटा, २१ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा आज अपरान्ह ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धरानबाट पाँचथर जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दिउँसो करिव ३ बजे डुम्रेमा पल्टिएको हो ।

दुर्घटनामा परी ट्याक्टर चालक सिरहा करजना–५ का ३० बर्षीय सञ्जिव पासवानको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान लिएर जाँदै गरेको ट्याक्टर सडकबाट करिव ५० मिटर तल तमोर नदी किनारमा खसेको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!