उर्लाबारी, २३ पुस ।  मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक कपडा उद्योगमा आज आगलागी हुँदा रु ६० लाखभन्दा बढीको क्षति भएको छ ।

Advertisement

भाग्य फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योग सञ्चालन गरिएको घर, १७ वटा कपडा सिलाउने मेशिन, कटिङ मेशिन, तयारी कपडा, थान कपडा, कपडा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, जेनेरेटर, फ्रिज, पङ्खा, इन्भर्टर, कम्प्युटर, टिभी, फर्निचरका सामान जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार नारायण चौधरीले सञ्चालन गरेको सो उद्योगमा रहेको को१२प ६३८३ नंको मोटरसाइकल जलेको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!