- देबराज राई/संगालोखबर

उदयपुर । भर्खरै सम्पन्न सिमारा गोल्डकपको उपाधि विजेता संकटा क्लव चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाईनलबाटै बाहिरिएको छ । थारुहट उदयपुर रंगशाला गाईघाटमा भएको गोल्डकपको सोमबारको पहिलो सेमीफाईनल खेलमा मोरङ ११ सँग २–१ गोलले पराजित हुदै संकटा बाहिरिएको हो । संकटालाई पराजित गरेसंगै मोरङ गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

Advertisement

खेलको ६९ औं मिनेटमा मोरङका जर्सी नम्बर १० का भुवन बस्नेतले पहिलो गोल गरे । ७३ औं मिनेटमा मोरङकै तर्फबाट जर्सी नम्बर १५ का मिक्चन तामाङले एक गोल थपेर टिमको २ गोल पुर्याएका थिए ।

प्रतियोगिता प्रतिस्पर्धात्मक भएपछि मध्यान्तरअघि दुवै टिम गोलरहितको वरावरीमा थिए ।

खेलको ८३ औं मिनेटमा संकटाको जर्सी नम्बर ११ का सजिन थापाले १ गोल फर्काएका थिए । राम्रो खेल प्रदर्शन गरेका मोरङका जर्सी नम्बर १० का भुवन बस्नेत खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई आयोजकले पाँच हजार नगद सहित पुरस्कार प्रदान गरेको छ ।

हजारौं दर्शककाबीच उत्कृष्ठ खेल प्रदर्शन गरेको मोरङका खेलाडीहरुले फाईनमा पनि सफलता हात पार्ने आशा राखेको मोरङका कोच पारस चौधरीले बताउनुभयो । भोलीको अर्को सेमीफाईनल खेल रुपन्देही ११ र हिमालयन शेर्पा क्लव काठमाडौं बीच हुने आयोजकले जनाएको छ ।

माघ २७ देखि सुरु प्रतियोगिता फागुन ५ गतेसम्म सञ्चालन हुने मुल आयोजक समिति अध्यक्ष किरण राईले जानकारी दिए । राईका अनसार विजेताले नगद दुई लाख प्राप्त गर्नेछन् भने उपविजेताको हातमा नगद एक लाख पर्नेछ ।

प्रतियोगितामा घरेलु टिम उदयपुर ११ सहित सहभागी ८ टिममध्ये क्वाटरफाईनलको क्रममा ४ टिम बाहिरीएका थिए । त्यसलगतै सोमबार सुरु भएको सेमीफाईनलबाट शंकटा बाहिरिएपछि जितका लागि तीन क्लवबीच भिडन्न हुने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!