झापा, २४ माघ । झापा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। आयोजक झापा-११ लाई हराउँदै मनाङ मर्स्याङ्दीले उपाधि जितेको हो । यो सिजनमा तीन वटा महत्वपूर्ण उपाधि जितेको मनाङले उपाधिमा ह्याट्रिक गर्ने क्रममा ओवालेले खेलको ६३औं मिनेटमा निर्णायक गोल गरे।

Advertisement

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको झापाले दोस्रो हाफमा केही खस्किएको प्रदर्शन गर्‍यो। आफ्नो सानो गल्तीले गोल खाएको झापाले उपाधि घरमै राख्ने  यो अवसर पनि खेर फाल्यो। उपाधिसँगै मनाङले ७ लाख रूपैयाँ पाएको छ भने उपविजेतामा चित्त बुझाएको झापाले ३ लाख ५० हजार पुरस्कार पाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!