काठमाडौं , २३ माघ। भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज नेपालले छैटौं खेल श्रीलंकासंग खेल्नेछ । यसअघिका पाँच खेलमध्ये नेपाल एक खेलमा विजयी भएको नेपाल चारमा भने पराजित भएको थियो ।

Advertisement

१० टोलिको सहभागिता रहेको प्रतियोगितामा नेपालमात्र टेष्ट मान्यता प्राप्त देश होईन् । नेपालले दक्षिण अफ्रिकालाई हराउँदा अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश र वेष्ट इंडीजसँग पराजय भोगेको थियो ।

हिजोको खेलमा नेपाल वेष्ट इन्डिजसंग ४३ रनले पराजित भएको हो । खेलमा पहिले ब्याटिङ्ग गरेको वेष्ट इन्डिजले ७ विकेटको क्षतिमा दुई सय ८ रन बनायो । टिभि अन्नपुर्णमा समाचार छ । जवाफमा नेपालले ३ विकेटको क्षतिमा एक सय ६५ रनमात्र बनाउन सक्यो । प्रतियोगिताको लिग चरणमा शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!