- देबराज राई/संगालोखबर

उदयपुर । उदयपुरमा जारी चौथो उदयपुर गोल्डकपको सेमिफाईनलमा जित हात पार्दै रुपन्देही ११ फाईनल प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाईनल खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै रुपन्देही फाईनलमा पुगेको हो ।

प्रतियोगीतामा रुपन्देहीका लागि खेलको पहिलो हाफको २० औँ मिनेटमा जर्सी नम्बर १० का अमर डंगोलले पहिलो गोल गरेका थिए । खेलको पहिलो हाफकै ३७ औँ मिनेटमा जर्सी नम्बर १३ का दिपक राईले दोस्रो गोल गर्दै रुपन्देहीलाई २–० को अग्रता दिलाए ।

यता खेलको दोस्रो हाफको ३७ औँ मिनेटमा हिमालयन शेर्पाका जर्सी नम्बर १० का विश्वास श्रेष्ठले गोल गरेका थिए ।

खेलको निर्धारित समय सकिएपछि थप गरिएको समयमा रुपन्देहीका लागि जर्सी नम्बर १३ का दिपक राईले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे। रुपन्देहीले गोल गरेको एक मिनेट वित्न नपाउदै पुन हिमालयन सेर्पाका लागि विदेशी खेलाडि एलेक्सले गोल गरेका थिए ।

प्रतियोगीताको उपाधीका लागि बिहिबार रुपन्देही र मोरङ ११ भिड्दैछन । प्रतियोगीतामा विजयीले दुई लाख र उप–विजेताले एक लाख पाउने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!