देबराज राई/संगालोखबर

उदयपुर । चौथो रमपम उदयपुर गोल्डकपको आईतवार भएको अन्तिम क्वाटरफाईनल खेलमा बिजयी हुँदै रुपन्देही ११ सेमिफाईनल प्रवेश गरेको छ । झापा ११ लाई सडन डेथमा हराउदै रुपन्देही ११ सेमिफाईनल पुगेको हो ।

Advertisement

कडा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा झापा ११ ले गोल गर्ने थुप्रै अवसर पाएपनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगीयो । दोस्रो हाफको २२ औँ मिनेटमा झापाका लागि जर्सी नम्बर १० का रिजन सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ६ मिनेटमै रुपन्देहीका लागि जर्सी नम्बर १२ का विकि चौधरीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरीमा टुंगीएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो ।

ट्राईब्रेकरमा पनि दुवै टिमबाट चार–चार गोलको वरावरी भएपछि खेलको निर्णय सडन डेथबाट लिईएको हो ।

सडन डेथमा जर्सी नम्बर १६ का विक्रम लिम्बले प्रहार गरेको बलले जाली चुमेपछि प्रतियोगितामा रुपन्देहीको सेमिफाईनलको यात्रा सुनिश्चित भएको हो । खेलको म्यान अफ दी म्याच झापाका रिजन सुब्बा घोषित भए ।

प्रतियोगीतामा सोमवारबाट सेमिफाईनलका खेल हुदैछन । पहिलो सेमिफाईनल खेल संकटा क्लब काठमाण्डौ र मोरङ ११ वीच हुने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!