- देबराज राई/संगालोखबर

उदयपुर । उदयपुरमा जारी चौथो रमपम उदयपुर गोल्डकपको शनिवार भएको खेलमा बिजयी हुँदै मोरङ ११ सेमिफाईनल प्रवेश गरेको छ ।

गाईघाट स्थित थरुहट रंगशालामा भएको खेलमा एपीएफ क्लबलाई ट्राईब्रेकरमा ३–१ को गोल अन्तरले हराउदै मोरङ सेमिफाईनल पुगेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगीएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो ।

Advertisement

ट्राईब्रेकरमा मोरङका लागि जर्सी नम्बर ६ का मिराज बस्नेत, जर्सी नम्बर १३ का एनस मगर र जर्सी नम्बर ४ का बुद्धिमान राईले गोल गरे ।

पराजित टोली एपीएफका लागि जर्सी नम्बर २४ का भीम श्रेष्ठले गोल गरेका थिए । बाँकी गोल विपक्षी गोलरक्षकले विफल तुल्याए ।

आईतबारको खेल झापा ११ र रुपन्देहि ११ विच हुने आयोजकले जनाएको छ । यसअघिका दुई खेलमा शंकटा र हिमालयन शेर्पा बिजयी भएका छन । बिहीवारबाट सुरु प्रतियोगिता फागुन ५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!