- देबराज राई/संगालोखबर

उदयपुर । उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण बिहीबार सुरु भएको छ । गोल्डकपको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गरेका छन ।

सदरमुकामस्थित स्थानीय थरुहट रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डीएमसी शंकटा क्लवले विजयी सुरुवात गरेको छ । प्रतिस्प्रधात्मक खेलमा प्रतिद्वन्द्वी धरान फुटबल क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै शंकटाले बिजयी सुरुवात गरेको हो । शंकटाका लागि जर्सी नम्बर १८ का शौजन राईले गोलको खाता खोलेका थिए ।

Advertisement

शौजनको पहिलो गोल जोड्दै शंकटाकै सुशील केसीले अर्को गोल थपेका थिए । त्यस्तै खेलको मध्यान्तरपछि अन्तिम समय राज पौडेलको प्रहारसँगै शंकटा ३ अंकसहित विजयी घोषित भयो ।

बल नियन्त्रणमा लिदै धरानका खेलाडी (पहेलो जर्सी) । तस्वीर देवराज राई-संगालोखबर

यता पराजित धरान फुटबल क्लवको तर्फबाट जर्सी नम्बर १६ का प्रकाश बुढाथोकीले मध्यान्तरपछिको ६७ औँ मिनेटमा गरेको एकमात्र गोल जितका लागि पर्याप्त बन्न सकेन ।

शनिबारको खेल हिमालय शेर्पा क्लव र घरेलु टिम उदयपुर ११ बीच हुने मुल आयोजक समितिका अध्यक्ष किरण राईले जानकारी दिए । जिल्लाकै सबैभन्दा ठूलो धनराशीको प्रतियोगिताको बिजेता टोलीले दुइ लाखसहित शिल्ड र उपविजेताले एक लाख हात पार्नेछ ।

रमपम चाउचाउ उत्पादक कम्पनीले ‘टाइटल स्पोन्सर’ गरेको प्रतियोगिता फागुन ५ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!