काठमाडौं । युजवेन्द्र चहलको उत्कृष्ट बलिङको मदतमा भारतले तेस्रो टी-२० क्रिकेटमा इंग्ल्याण्डलाई ७५ रनले पराजित गरेको छ । र, यससँगै तीन म्याचको सिरिज २-१ को जितेको छ ।

भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.३ ओभरमा १२७ रन जोड्दा अलआउट भयो ।

Advertisement

एक समय इंग्ल्याण्डको स्कोर २ विकेटको क्षतिमा ११९ रन थियो । तर, चहलको घातक बलिङका कारण इंग्ल्याण्डले आफ्नो अन्तिम ८ विकेट मात्र ८ रन जोड्दा गुमायो ।

चहलले ४ ओभरमा २५ रन दिएर ६ विकेट लिए । जसपि्रत बुमराहले ३ र अमित मिश्राले एक विकेट लिए । इंग्ल्याण्डका जोए रुटले ४२ रन जोडे भने कप्तान इयान मोर्गानले ४० र जसन रोएले ३२ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २०२ रन बनाए । उसका सुरेश रैनाले ६३ र महेन्द्र सिंह धोनीले ५६ रनको योगदान दिए । टी-२० मा धोनीको यो पहिलो अर्धशतक हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!