अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेना छ स्वर्ण पदकसहित अग्रस्थानमा

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेना छ स्वर्ण पदकसहित अग्रस्थानमा

खोटाङ, २१ वैशाख । दिक्तेलमा जारी सर्वाधिक ठूलो धन राशिको अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाली सेनाले शुरुदेखि नै अग्रता कायम राखेको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा बिहीबारदेखि शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा हालसम्म छ स्वर्ण पदकसहित सेनाले आफ्नो अग्रतालाई कायम राखेको हो । शुक्रबार साँझसम्मको नजिताअनुसार आयोजकले एक स्वर्...
अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता

अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता

खोटाङ, २१ वैशाख । खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो दिनमै सेनाका खेलाडीले तीन स्वर्ण पदक जित्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा बिहीबार दिउँसो शुरु भएकोे प्रतियोगितामा महिला तथा पुरुष समूह काँता र पुर...
दमक गोल्डकप : रुपन्देहीलाई पराजित गर्दै आयोजक क्वार्टरफाइनलमा

दमक गोल्डकप : रुपन्देहीलाई पराजित गर्दै आयोजक क्वार्टरफाइनलमा

झापा, २० वैशाख । आयोजक दमक– ११, झापामा जारी प्रथम दमक गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा टाईब्रेकरमा रुपन्देही–११ लाई ४–३ गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो हाफमा १–० ले पछि परेको स्थिति उल्ट्याउंदै निर्धारित ९० मिनेटमा खेलमा बराबरीमा ल्याएपनि पाहुना टोली टाईब्रेकरमा रोकिएको हो । रुपन्देहीका अजि...
पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि

पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि

इटहरी, २० वैशाख। नेपाल खेलकूद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजना तथा अन्य विभिन्न संघको सह संयोजनमा यही वैशाख २६ गतेदेखि योनेक्स सनराइज सातौ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ । सुनसरी जिल्लामा ब्याडमिन्टन खेलको प्रवद्र्धनमा सक्रिय इटहरी ब्याडमिन्टन क्लब सुनसरी ब्याडमिन्टन एकेडेमी सगरमाथा ब्याडमिन्टन क्ल्ब र रक्तमाला ब्याडमिन्टन क्लब समेतको सहप्रायोजन रहने उक्त...
यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश ७ लाई

यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश ७ लाई

काठमाडौँ, १९ वैशाख । मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं ७ ले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल भिडन्तमा प्रदेश ७ ले प्रदेश नं २ लाई २४ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले निधारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रनको योगफल बनायो । उसका लागि राहुल भण्डारीले ३८, रोशन सावदले ३७, हृदय विदारी...
पहिलो खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी

पहिलो खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी

दमक, १९ वैशाख । झापाको दमकमा आजदेखि शुरु भएको दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ लाई ४–० ले पराजित गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौँ विजयी भएको छ । एकेडेमीका लागि विदेशी खेलाडी म्यापवेल इलोनले दुई तथा प्रकाश बुढाथोकी र अर्का विदेशी खेलाडी आबाले एक/एक गोल गरे । खेलको १२ औं मिनेटमा इलोनले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो गोल २४ औँ मिनेटमा प्रकाश बुढाथोकीले...
अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

खोटाङ, १९ वैशाख । दिक्तेलमा बिहीबारदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०, २१ र २२ गते सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि मञ्च, दर्शक बस्ने बाँसको प्याराफिट, कम्पाउन्डिङ, अफिसियल र निर्णयक बस्ने हल, स्वागतद्वार, अस्थायी शौचालय निर्माणलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको आय...
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन

दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन

दमक, १९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले खेल गतिविधिमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रदेश नं १ कै सर्वाधिक राशि रहेको दमक गोल्डकप फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार खेलकूदको समुचित विकास गर्न प्रयत्नशील रहेको बताउनुभयो । दमक आसपासमा खेलकूदका लागि आवश्यक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्...
पल्सर अवार्डका लागि चार खेलाडी मनोनयनमा

पल्सर अवार्डका लागि चार खेलाडी मनोनयनमा

काठमाडौँ, १८ वैशाख ।  पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइसमा चारजना खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डको मनोनयनमा फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका सन्तु श्रेष्ठ पर्नुभएको छ । मनोनयनमा परेकामध्ये जसले सबैभन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई आगामी जेठ ४ गते अवार्ड प्रदान गरिने मञ्...
मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले जित्यो स्पेनिस ला लिगा उपाधि

मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले जित्यो स्पेनिस ला लिगा उपाधि

काठमाडौं, १७ वैशाख । स्टार फरवार्ड लिओनेल मेसीको ह्याट्रिकको मदतले डेपोर्टिभोलाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले २५ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । खेलको सातौं मिनेटमै बार्सिलोनाले कौटिन्होको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेललाई २–० को अवस्थामा ल्याए । त्यसको तीन मिनेट पनि नबित्दै डोभोर्टिभोका लागि पेरेजले गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकियो । दो...
२०१९ को विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

२०१९ को विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं, १५ वैशाख  । आइसिसिले सन् २०१९ मा इङ्गल्याण्डमा हुने विश्वकप क्रिकेटको तालिका सार्वजनिक गरेको छ।  । भारतको कोलकतामा बिहिबार बसेको आइसिसिको बोर्ड बैठकले खेल तालिकाको टुंगो लगाएको हो। खेल तालिका अनुसार उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल क्रिकेट मैदानमा हुनेछ। विश्वकपमा अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज ...
दुईदिने पूर्वाञ्चलस्तरीय टेबलटेनिस सम्पन्न

दुईदिने पूर्वाञ्चलस्तरीय टेबलटेनिस सम्पन्न

गाईघाट, उदयपुर, १३  वैशाख । सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधबार सम्पन्न भएको छ । आयोजक पूर्वाञ्चल खेलकुद् विकास समितिका अनुसार खेलमा डबल इभेन्ट र सिंगल इभेन्टतर्फ दुवै खेलमा सुनसरीका खेलाडीहरु प्रथम भएका छन् । यस्तै, द्वितीयमा डबल इभेन्टतर्फ मोरङ, सिंगल इभेन्टतर्फ पनि सुनसरी नै प्रथम भएको पूर्वाञ्चल खेलक...
माइभ्याली गोल्डकप: त्रिभुवन आर्मी सेमिफाइनलमा

माइभ्याली गोल्डकप: त्रिभुवन आर्मी सेमिफाइनलमा

मंगलबारे, इलाम, १२ वैशाख ।  विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्कम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । खेलको १५ औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले पहिलो गोल गरे । त्यस्तै खेलको ७१ मिनेटमा फ्रि किकको सदुपयोग गर्दै सिक्किमका तर्फबाट इन्द्रजितले हेडमा...
सिधुवाले जित्यो वडा स्तरीय फुटवलको उपाधि

सिधुवाले जित्यो वडा स्तरीय फुटवलको उपाधि

सिधुवा, ९ बैशाख । छथर जोरपाटी–६ सिधुवाले वडा स्तरीय लिग कप नकआउट फुटवल प्रतियोगिताको उपाधि जितेको छ । सिधुवा बजारको खेल मैदानमा भएको फाइनलमा वडा नं. ५ परेवादिनलाई १–० गोल अन्तरले पराजित गर्दै सिधुवाले उपाधि जितेको हो । प्रतिष्प्रधात्मक खेलमा सिधुवाका ज्ञान गुरुङ्गले पहिलो हाफको ३४ औं मिनेटमा गरेको एक मात्र गोलनै उपाधिका लागि निर्णायक बन्यो । उपाधि विजेता सिधुवाले ५० हजार नगदसहित ट्रफी पाएको छ भ...
माइभ्याली गोल्डकप : संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वाटरफाइनलमा

माइभ्याली गोल्डकप : संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वाटरफाइनलमा

मंगलबारे, इलाम ८ चैत । सिक्किम युनाइटेड क्लब, भारत इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज इलामको ठूलो टुँडीखेलमा भएको खेलमा संकटा क्लब काठमाडौँलाई १–० को कठिन जित निकाल्दै पाहुना टिम सिक्किमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । प्रतिष्पर्धात्मक खेलमा ३१ आँैं मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीले गोल गरी अग्रता दिलाएका ...
नेपाल टी २० विश्वकप क्रिकेट क्वालिफायरको समूह बी मा

नेपाल टी २० विश्वकप क्रिकेट क्वालिफायरको समूह बी मा

  काठमाडौं,८ बैशाख । अस्ट्रेलियामा सन् २०२० मा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेट क्वालिफायरको तालिका सार्वजनिक भएको छ । सो तालिका अनुसार नेपालले एसियन क्वालिफायर अन्तर्गत पहिलो चरणमा समूह बी मा भुटान, चीन, थाइल्यान्ड, मलेसिया, सिंगापुर र म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहबाट शीर्ष तीन र समूह ए बाट शीर्ष तीन गरी ६ टोली एसियन फाइनल चरणका लागि छनोट हुनेछन् । समूह ए मा बहराइन,...
रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

काठमाडौँ, ५ वैशाख ।  रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् । फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्य...
माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

इलाम, ५ वैशाख। इलामको ठूलो टुँडिखेलमा वैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख ६ देखि १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिएको छ । करीब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण गरिएको आयोजक माईभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले जानकारी दिनुभयो । यसवर्ष र...
नेपाललाई खेलकुदले मात्र चिनाएको छ: सदस्य सचिव विष्ट

नेपाललाई खेलकुदले मात्र चिनाएको छ: सदस्य सचिव विष्ट

खोटाङ, ४ वैशाख। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट मात्र चिनिएको बताउनुभएको छ । “नेपाललाई विश्वमा कुनै चिजले चिनाएको छ भने खेलकुदले चिनाएको छ,” उहाँले भन्नुभयो, “राम्रो खान नपाए पनि, नाङ्गो खुट्टाले खेले पनि अमेरिका, बेलायतजस्ता देशलाई हराउने ल्याकत नेपाली खेलाडीसँग छ । खेलकै माध्यमबाट नेपाल विश्वमा चिनिएको छ ।” खोटाङको दिक्तेलमा सोमबार आयोज...
म्यानचेष्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

म्यानचेष्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं, ३ वैशाख। इंग्लिस प्रिमियर लिगमा उपाधि म्यानचेस्टर सिटीले जितेको छ। आइतबार म्यानचेस्टर युनाइटेड अप्रत्यासित रुपमा रेलिगेशन जोनको पुछारमा रहेको वेस्ट ब्रुमसँग १–० ले पराजित भएपछि सिटीले लिगमा पाँच खेल खेल्न बाँकी रहँदै उपाधि कब्जा गर्न सफल भयो। युनाइटेडको अप्रत्यासित हारपछि सिटीले दोस्रो स्थानको डर्वि जाइन्ट युनाईटेड भन्दा १६ अंकको अग्रता बनाउन सफल भएको छ। बाँकी पाँचै खेलमा युनाइटेडले ज...
धनगढी प्रिमियर लिगको उपाधि टिम चौराहालाई

धनगढी प्रिमियर लिगको उपाधि टिम चौराहालाई

धनगढी, ३० चैत। टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि रक्षा गरेको हो । उसले उपाधिसँगै २५ लाख रुपैयाँ हात पारेको छ । गएको वर्ष पनि धनगढीले नै उपाधि जितेको थियो । धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । १२१ रन बना...
वर्ष २०७४ खेलकूद: क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

वर्ष २०७४ खेलकूद: क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

काठमाडौँ, ३० चैत । नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो । वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो । क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो भने नेपाल क्रिकेट संघ (क्यान)को विवाद भने कायमै रह्यो । आइसिसीबाट क्यान हालसम्म प्रतिबन्धित छ । यद्यपि समस्या समाधानको प्रयास भने जारी...
डिपिएल: पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै

डिपिएल: पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै

धनगढी, ३० चैत । रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच खेल भइरहेको छ । रु २५ लाख पुरस्कारका लागि प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा प्रतिष्पर्धा भइरहेको छ । टस जितेपछि धनगढीले ब्याटिङ गरिरहेको छ । धनगढी डिपिएलको गत संस्करणको विजेतासमेत हो । बिहीबार महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विके...
महेन्द्रनगर युनाइटेडलाई हराउँदै काठमाडौं गोल्डेन्स डीपीएलको फाइनलमा

महेन्द्रनगर युनाइटेडलाई हराउँदै काठमाडौं गोल्डेन्स डीपीएलको फाइनलमा

कैलाली, २९ चैत।  काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं फाइनल प्रवेश गरेको हो। काठमाडौं गोल्डेन्सले शुक्रबार हुने फाइनलमा टिम चौराह धनगढीसँग फाइनल खेल्नेछ। खेल मध्यान्ह १२ः३० मा हुनेछ। टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट...
पाँचथर गोल्डकप : विर्ता युनाइटेड झापा सेमिफाइनलमा

पाँचथर गोल्डकप : विर्ता युनाइटेड झापा सेमिफाइनलमा

पाँचथर, २८ चैत । पाँचथर सदरमुकाम फिदिममा जारी दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेड झापा विजयी बन्दै सेमिफाइलनमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा ४–२ गोल अन्तरले हेटौँडालाई हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको हो । झापाको जितमा पुष्प मादेनले खेलको २० औँ ६७ औँ र ७७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । यस्तै नवय...
राष्ट्रपति रनिङ्ग शिल्डमा लगातार चौथो पटक पनि भानु मा.वि. कै कब्जा

राष्ट्रपति रनिङ्ग शिल्डमा लगातार चौथो पटक पनि भानु मा.वि. कै कब्जा

धनकुटा, २८ चैत । धनकुटामा सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १७ स्वर्ण पदकसहित ५ रजत जितेर भानु माध्यमिक विद्यालय जिल्ला प्रथम भएको छ । कपर्टी, एथ्लेटिक्स, महिला भलिवल, पुरुष भलिवल लगायत खेलमा प्रथम हुदै भानु मा.वि.डाँडाबजार प्रतियोगितामा बिजयी बनेको हो । भानु मा.वि.ले यो सँगै लगातार चौथो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको हो । त्यसैगरी ५ स्वर्ण, ७ रजत र ५ काश्य पदकसहित कुरुल...
डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

धनगढी, २७ चैत । महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । सिवाईसी अत्तरियाले टस जित्दै फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइट...
डीपीएल: काठमाडौँ गोल्डेन्स पराजित, धनगढी फाइनलमा पक्का

डीपीएल: काठमाडौँ गोल्डेन्स पराजित, धनगढी फाइनलमा पक्का

धनगढी, २७ चैत।  दुई बलमा छ रनको आवश्यकता परेको अवस्थामा पहिलो बल सामना गरेका संसाद शेखले छक्का प्रहार गर्दै टीम चौराहा धनगढीलाई फाइलनमा पुर्‍याएका छन् । मंगलबार भएको पहिलो क्यालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढीले फाइनलमा स्थान पक्का गरेको हो । १२८ रनको झिनो लक्ष्य धनगढीले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।धनगढीको जीतमा रोहन मुस्ताफाले ३३, शंकर रानाले २८, सोनु ता...
डिपिएल: काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

डिपिएल: काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

धनगढी, २७ चैत । धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उ...
थ्री स्टारलाई बिराट गोल्डकपको उपाधि, त्रिभुवन आर्मीको लज्जास्पद हार

थ्री स्टारलाई बिराट गोल्डकपको उपाधि, त्रिभुवन आर्मीको लज्जास्पद हार

विराटनगर, २६ चैत । थ्री स्टारले विराट गोल्डकपको उपाधि चुमेको छ । बिराटनगरमा सोमबार राति सम्पन्न फाईनल खेलमा त्रिभुवन आर्मीलाई ३-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधिमाथि कब्जा जमाएको हो । थ्री स्टारका लागि अनन्त तामाङले एक गोल गरेका थिए भने बिमल घर्ति मगरले २ गोल गर्दै जित आफ्नो पक्षमा परे । विराट गोल्डकपको पाँचौ संस्करणको फाईलनमा त्रिभुवन आर्मीको तर्फबाट एक गोल पनि हुन सकेन । पटक-पटक पाएको म...
पाँचथर गोल्डकप: मोरङलाई पराजित गर्दै इलाम पुग्यो सेमिफाइनल

पाँचथर गोल्डकप: मोरङलाई पराजित गर्दै इलाम पुग्यो सेमिफाइनल

पाँचथर,२६ चैत । सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल पुगेको हो । इलामका लागि खेलको १६ औँ मिनेटमा मनिष थापा र ८४ औँ मिनेटमा सुवास राईले गोल गरे । मोरङका लागि वीरेन्द्र लिम्बूले पहिलो हाफक...
error: Content is protected !!