काठमाडौँ, १५ असार । विश्वकपमा मैदानभित्रका अनेकन गतिविधिहरुको चर्चा भइरहेको छ। विश्वकपको समूहचरणका खेल सकिएर अब नकआउट चरणका खेल सुरु हुँदै छन्।

खेलको मज्जा एकातिर रहँदा मैदानबाहिरका गतिविधिले पनि मानिसको ध्यान तान्ने गरेको छ।

अहिलेसम्म समर्थकहरू साइकलबाट हजारौँ माइल यात्रा गरी रसिया विश्वकप हेर्न पुगेका खवरहरू आइरहेका छन्। तर, स्विटजरल्यान्डका केहि समर्थकले साइकल यात्रीहरूको भन्दा फरक तरिका अपनाएर रुस विश्वकपमा पुगेका छन्।

स्विटजरल्यानडका तीन समर्थक विट स्टडर, वेरनर जेमेरन तथा जोसेफ बार लगातार १२ दिन ट्याक्टर चढेर विश्वकप हेर्न मस्को पुगेका छन्। सन् १९६४ मा बेलायतम बनेको ट्याक्टरमा लगातार १२ दिनको यात्रापछि उनीहरू मस्को पुगेका हुन्।

यात्राको क्रममा उनीहरुले च्यारिटीको नाममा १४ लाख रुपैयाँ जम्मासमेत पारेका छन्। उक्त रकमउनीहरुले स्विटजरल्यान्डमा रहेको बालबालिका संस्थालाई दिने बताएका छन्।

स्विटजरयान्डको पहिलो दुई खेल गुमाए पनि उनीहरूले समूहचरणको अन्तिम खेल भन्ने हेर्न पाए साथै अब उनीहरुले स्वीटजरल्यान्डको नकआउट अनुभव पनि सँगाल्नेछन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!