एजेन्सी

काठमाडौँ, १७ जेठ ।  ब्राजिलका फुटबल लिजेन्ड पेलेले कायलिन एमबापेलाई आफ्नो ६० वर्ष पुरानो विश्वकपको किर्तिमान बराबरी गरेकोमा बधाई दिएका छन् ।

Advertisement

अर्जेन्टिनाबिरुद्ध गोल गर्दै १९ वर्षीय एमबापे विश्वकपको खेलमा एकभन्दा बढी गोल गर्ने टिनएजर बने पछि पेलेले उनलाई बधाई दिएका हुन् ।

यसअघि यो उपलब्धि पेले सन् १९५८ को फाइनलमा विश्वकपमा स्वीडेनबिरुद्ध दुई गोल गरेका थिए ।

पेरिस सेन्ट जर्मेनका स्टार खेलाडीको दुई गोलको मद्दतले फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल रह्यो ।

खेललगत्तै पेलेले ट्वीटरमा लेख्दै युवा खेलाडीलाई बधाई दिए । ‘बधाई छ, कायलिन एमबापे,’ उनले लेखेका छन्, ‘यति सानो उमेरमा विश्वकपमा दुई गोल गरेर मलाई राम्रो साथ मिलेको छ ।’

‘अन्य खेलको लागि शुभकामना । ब्राजिलको खेलका लागि बाहेक !,’ उनले ठट्टा गर्दै थपेका छन् ।

खेलपछि उनले पेलेको किर्तिमान बराबरी गर्न पाउँदा आफू खुसी भएको बताए पनि अहिले नै आफूलाई पेलेसँग तुलना गर्न नमिल्ने बताए । ‘उनको स्थान अर्कै छ,’ एमबापेले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!