एजेन्सी

काठमाडौँ, ३२ असार । सन २०१८ को विश्वकपको उपाधि फ्रान्सले जितेको छ । फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले हराउंदै दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।

Advertisement

यस पटक विश्वकपको उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफी र ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ। दोस्रो भएको क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ। यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ।

 गोल्डेन बल – लुका मोड्रिक

आइतबार राति भएको विश्वकपको फाइनल खेलमा सर्वोत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले घोषित भए ।रसियाको मस्कोस्थित लुझिन्की रङ्गशालामा भइरहेको विश्वकप उपाधि वितरण कार्यक्रममा मोड्रिचलाई उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गरे ।

फिफा योङ्ग प्लेअर – केलियन एमबाप्पे

फ्रान्सका एमबाप्पे स्टार खेलाडी लियोनल मेस्सी घर फकिँदै गर्दा विश्व स्तरमा उदायका युवा खेलाडी हुन् । अन्तिम १६ को खेलमा उनले अर्जेन्टिना विरुद्ध २ गोल गरे ।

समग्रमा चार गोल गरेका उनले फाइनलमा पनि गोल गरे । उनी पेलेपछि विश्वकपको एक खेलमा दुई तथा फाइनलमा गोल गर्ने पहिलो किशोर खेलाडी हुन् । १९ वर्षका एमबाप्पेले विश्वभर पहिलो विश्वकपमा नै प्रभाव छाडेका छन् । उनी प्रतियोगिताको युवा खेलाडी घोषित भए ।

एडिडास गोल्डेन बुट- ह्यारी केन

इंगल्याण्डका कप्तान ह्यारी केनले विश्वकपको गोल्डेन बुट उपाधि प्राप्त गरेका छन् । ह्यारी केनले विश्वकपको प्रि–क्वाटर फाइनलसम्म ६ गोल गरेका थिए ।

त्यसपछि उनले कुनै गोल गर्न सकेनन् । तर उनको ६ गोलको रेकर्ड कसैले तोड्न नसकेपछि अन्तत स् केन गोल्डेन बुट जित्न सफल भएका हुन् ।

एडिडास गोल्डेन ग्लोभ  – थिबाउट कोउर्तोइस

बेल्जियमका गोलरक्षक कोउर्तोइसले उत्कृष्ट गोलरक्षकका रुपमा गोल्डेन ग्लोभ पाए । बेल्जियमले तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्यायो यसमा उनको भूमिका महत्वपूर्ण छ ।

उनले उत्कृष्ट बचाउ गर्दै टिमलाई धरैपटक उद्धार गरेका थिए । बेल्जियम प्रतियोगितामा एकपटक मात्रै पराजित भयो, सेमिफाइनलमा फ्रान्ससँग ।

एडिडास ब्रोन्ज बल, एडिडास सिल्भर बुट : एन्टोनी ग्रिजम्यान

ग्रिजम्यान फ्रान्सेली टिमका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । उनले फ्रान्सको  उपाधि यात्रामा नेतृत्वदायी भूमिका खेले । चार गोल गरेका उनले दुई गोलका लागि सहयोग गरे । र पाए ब्रोन्ज बल र सिल्भर बुट ।

एडिडास सिल्भर बल अवार्ड : इडन हजार्ड

बेल्जियमले यो विश्वकपमा सबैभन्दा धेरै १६ गोल गर्‍यो । यसमा इडन हजार्डको भूमिका सानो छैन । तीन गोल गरेका उनले दुई गोलका लागि सहयोग गरे । उनी बेल्जियमले तेस्रो स्थानसम्मको यात्रा तय गर्दा कलात्मक खेलाडीको रुपमा स्थापित भए ।

एडिडास ब्रोन्ज बल : रामेलु लुकाकु

लुकाकुको गोलले बेल्जियमलाई प्रतियोगितामा अघि बढायो । उनले चार गोल गरे । र जिते ब्रोन्ज बल ।

फिफा फेयर प्ले ट्रफी : स्पेन

स्पेनका लागि यो विश्वकप सम्झना लायक बनेने । समूह विजेता बने पनि स्पेन अन्तिम १६ बाटै घर फर्किन बाध्य भयो, आयोजक रुससँग पराजित भएर ।

तर स्पेनका लागि मैदानमा खेलाडीको व्यवहार केही राहतको विषय बनेको छ । चार खेलमा स्पेनका दुई खेलाडीले मात्रै पहेँलो कार्ड पाए र ३४ पटक फउल भयो । यसले स्पेलाई प्रतियोगिताको फेयर टिम बनायो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!