काठमाडौँ, १७ जेठ । टिनएज स्टार केलिएन एमबाप्पेले दुई गोल गर्नुका साथै अर्को गोलको पनि अवसर बनाउँदा फ्रान्सले अन्ततः विश्वकपमा आफ्नो आक्रामक फुटबलको लय भेटाएको छ । यही कारण फ्रान्सले शनिबार लियोनेल मेसीको अर्जेन्टिनालाई ४–३ ले पराजित गरी क्‌वार्टरफाइनल पुगेको छ ।

Advertisement

अर्जेन्टिनाका आशा सबै मेसी केन्द्रित भइरहँदा कजानमा पेरिस सेन्ट जेर्मेन (पीएसजी) का १९ वर्षे एमबाप्पेले सबै चर्चा आफूतिर ताने । सन् १९५८ मा पेलेले २ गोल गरेयता विश्वकपको एकै खेलमा २ गोल गर्ने एमबाप्पे कम उमेरका खेलाडी हुन् ।

दबाबमा रहेका अर्जेन्टिनाका प्रशिक्षक जर्जे साम्पाउलीले आक्रामक टोली उतार्ने बताएको थिए । अर्जेन्टिनी प्रशिक्षकले भनेको त्यो फुटबल फ्रान्सेली स्ट्राइकरले देखएका थिए ।

मार्कोस रोहोले एमबाप्पेलााई लडाएपश्चात् फ्रान्सले १३ औं मिनेटमै पेनाल्टी पाएको थियो । त्यसमा एन्टोइन ग्रिजमनले आरामदायी गोल गरेका थिए । तर, पीएसजीमा एमबाप्पेसँगै खेल्ने एन्जल डी मारियाले लामो दूरीबाट सानदार गोल गरी अर्जेन्टिनालाई ४१ औं मिनेटमा बराबरीमा ल्याए ।

मध्यान्तरलगत्तै अर्जेन्टिनाले पुनः अग्रता लियो । मेसीको कर्लिङ प्रहार ग्याब्रिइल मेर्काडोको खुट्टामा डिफ्लेक्टेड हुँदा फ्रान्सका गोलरक्षक हुगो लोरिस अर्कोतर्फ पुग्न पुगे । फ्रान्सले ५७ औं मिनेटमा रक्षक बेन्जामिन पाभार्डको सनसनीपूर्ण हाफ भलीबाट खेल २–२ को बराबरमिा ल्यायो ।

एमबाप्पेले ६४ र ६८ औं मिनेटमा जितेर फ्रान्सको जित निश्चित जस्तै गरे । मेसीकै पासमा वैकल्पिक सर्जियो अगुइरोले हेडमा गोल गरी अर्जेन्टिनालाई झिनो आशा देखाएका थिए ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!