एजेन्सी । फ्रान्ससँग पराजित हुदै अर्जेन्टिना विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । विश्वकप फुटबलको पहिलो प्रिक्वाटरफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित हुदै अर्जेन्टिना विश्वकपबाट बाहिरिएको हो ।

Advertisement

खेलको १३औं मिनेटमा इन्टोइनी ग्रिज्म्यानले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । मार्कुस रोजोले आफ्नो डिबक्सभित्र बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।

पेनाल्टीबाट ग्रिज्म्यानले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । अर्जेन्टिनाका एन्जल डि मारियाले उत्कृष्ट गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । उनले खेलको ४१औं मिनेटमा डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा फ्रान्सले ३ गोल गर्दा अर्जेन्टिनाले भने २ गोल मात्रै गर्न सक्यो ।
खेलको ४८औं मिनेटमा गाब्रियल मेर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २–१ गोलको अग्रता दिलाएका थिए । उनले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेका थिए ।

खेलको ५७औं मिनेटमा फ्रान्सले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याएको थियो । फ्रान्सका लागि बेन्जामिन पभार्डले गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्याएका थिए । त्यसको ७ मिनेटपछि अर्को गोल गर्दै फ्रान्सले ३–२ गोलको अग्रता बनाएको हो ।

यो पटक भने फ्रान्सका एमबाप्पेले गोल गर्दै ३–२ गोलको अग्रता दिलाएका थिए । एमबाप्पेले खेलको ६८औं मिनेटमा अर्को गोल गर्दै ४–२ गोलको अग्रता दिलाएका थिए । फ्रान्सले ११ मिनेटभित्र ३ गोल गरेको थियो ।

खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले गोल गर्दै ४–३ गोलको अवस्थामा पुर्याएपनि फ्रान्सलाई रोक्न भने सकेन । अर्जेन्टिनाका लागि सर्जियो अगुएरोले गोल गरेका थिए ।

फ्रान्ससँग पराजित हुदै अर्जेन्टिना विश्वकप फुटबलदेखि बाहिरिएको छ । फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!