काठमाडौँ, ३ साउन ।  इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला र नेदरल्यान्ड्सविरुद्धको पहिलो एक दिवसीय क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

Advertisement

बिहीवार त्रिभुवन विमानस्थलमा एक कार्यक्रमकाबीच नेपाली राष्ट्रिय टोलीको विदाई गरिएको हो । विमानस्थलमा सेभेन स्टार ट्राभल एण्ड टुरका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले टोलीलाई बिदाई गरेका हुन् । राष्ट्रिय टोलीको बिदाई गर्दै म्यानेजर बास्तोलाले यो नेपालका लागि सुनौलो अवसर भएको भन्दै अग्रीम शुभकामना व्यक्त गरे ।

उनले लर्ड्समा खेल्ने अवसर पाउनु र नेदरल्याण्ड्ससँग पहिलो पटक ओडिआई सिरिज खेल्न पाउनु नेपालका लागि ठुलो अवसर भएको बताउँदै नेपाली टोली सफल हुनेमा विस्वास व्यक्त गरे ।

पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली आजै लन्डन प्रस्थान गरेको छ । क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा नेपालले यही साउन १३ गते स्थानीय मेरेलीबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला खेल्नेछ ।

त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा पहिलोपटक दुईओटा एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्नेछ । साउन १६ र १७ गते हुने उक्त खेल नेपालका लागि ऐतिहासिक हुनेछ ।

विकेटकिपर सुवास खकुरेलले ३ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दा नेपालको ओपनिङ र विकेटकिपङ समेत राम्रो हुने आशा गरिएको छ । गत मार्चमा जिम्बावेमा खेलेको टोलीमा एक खेलाडीमात्र परिवर्तन भएको छ । युवा विकेटकिपर दीलिप नाथको स्थानमा सुवास आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!