शहीद स्मारक ‘ए’ डिभिजन फुटबल, भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने
काठमाडौँ, ५ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने भएको छ । तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ । भोलि दुई खेल हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमा मैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ मस्याङ्दी र थ्रीस्टार क्लबबीच हुनेछ । तेस्रो चरणक...


























