काठमाडौँ, २९ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब विजयी भएको छ ।

Advertisement

आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबललाई २–० गोलले पराजित गर्दै जारी लिगमा च्यासलले चौथो जित निकालेको हो ।

च्यासललाई जित दिलाउन सन्तबहादुर गुरुङ र सञ्जोक राईले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै च्यासलले जित निकालेको हो ।

खेलको ६५ औँ मिनेटमा सन्तले गोल गर्दै च्यासललाई शुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८२ औँ मिनेटमा सञ्जोकले गोल गर्दै च्यासललाई २–० को जित दिलाए । खेलमा च्यासलका सञ्जोक राई म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

जितसँगै च्यासलले आठ खेलबाट १३ अङ्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । ब्रिगेड ब्वाइज आड खेलबाट चर अङ्क जोडेर १२ औं स्थानमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!