मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना हुने

मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना हुने

मुस्ताङ, ५ असोज । नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीबार शुरु भएको ‘४८औँ थाक खेलकूद प्रतियोगिता’ उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले मुस्ताङमा हाइ अल्टिच्युड र साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन । “खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने सरकारको ...
सेपाकताक्रो टोली थाइल्यान्ड जाने

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

काठमाडौँ, ४ असोज । नेपाली सेपाकताक्रो टोली ३३ औँ किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्याण्डको खोराट जाने भएको छ । सेप्टेम्बर २३ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष/महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वाड स्पर्धामा सहभागिता जनाउनेछन् । पुरुषमा रुपेशसुनार (कप्तान), रोशन तामाङ, सुजन डङ्गोल, सञ्जीव धिमाल, रबिन भट्टराई तथा विजय महतो रहेका छन् । महिलामा सोममाया ...
फिफा वरियतामा नेपाल एक स्थानमाथि

फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौँ, ४ असोज । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो । फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । ने...
फिदिममा रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान

फिदिममा रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान

पाँचथर, ४ असोज । पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । १० जना स्थानीय जग्गा धनीले फिदिम नगरप...
एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

जाकार्ता, १ असोज । इन्डोनेसियाको जाकार्तामा हुने एसियन पारा खेलकुद प्रतियोगितामा ४१ ओटा देशले सहभागीता जनाउने निश्चित भएको छ । मुल आयोजक समितिका प्रमुख राजा सप्त ओक्तोहरीले दिएको जानकारी अनुसार ती देशहरुबाट कुल २८ सय ८० खेलाडीहरु सहभागी हुनेछन् । आउदो अक्टोबर ६ तारिख देखि १३ तारिख सम्म एसियन पारा खेलकुद हुने यसअघि नै तय भइसकेको थियो । उद्घाटन समारोहमा इन्डोनेसियाका मानवीय पक्षका संस्कृतिहरुला...
धनकुटाको लाहुरेकप फुटवल: फुलवारीलाई हराउँदै सोवाराले जित्यो उपाधि

धनकुटाको लाहुरेकप फुटवल: फुलवारीलाई हराउँदै सोवाराले जित्यो उपाधि

साँगुरीगढी, १ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ आहालेमा सञ्चालित लाहुरेकप फुटवल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिका–२० को सोवारा फुटबल क्लबले जितेको छ । बराहक्षेत्र नगरपालिका–१ को चियाबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सोवाराले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै सोवारा फुटबल क्लबले एक लाख नगदसहित ट्रफि, सिल, मेडल र प्रमाणपत्र हात पारेको छ । उप–बिजेता चियाबारी फुटबल क्...
शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ, ३१ भदौ । चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्र्रमान तुलाधरले जानकारी दिए । प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु २५ लाख पाउनेछन् । चौंथोले रु १...
साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

काठमाडौँ, ३० भदौ । बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए । समूह चरणमा भार...
‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु

काठमाडौँ, ३० भदौ । तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ अखिल नेपाल फुटबल सङ्घ एन्फाको सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । ‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल...
साफ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने

साफ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने

काठमाडौँ, २५ भदौ । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खे...
साफ च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश

साफ च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २३ भदौ । आयोजक बङ्गलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री किक’ अवसरलाई घर्तिमगरले सानदार गोलमा परिणत गरे । सुनिल वललाई बङ्गलादेश डिफेण्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ य...
क्रिकेट टोली स्वदेश फिर्ता

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, २२ भदौ । मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङसँग पराजित भएको थियो । छनोट प्रतियोतगा यही भदौ १...
साफ च्याम्पियनसीप: शनिबार नेपालको अग्निपरीक्षा

साफ च्याम्पियनसीप: शनिबार नेपालको अग्निपरीक्षा

काठमाडौँ, २२ भदौ । साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई ...
साफ च्याम्पियनसिप: नेपाललाई आज जित्नै पर्ने दबाब

साफ च्याम्पियनसिप: नेपाललाई आज जित्नै पर्ने दबाब

काठमाडौँ, २१ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि आजको खेल जित्नै पर्ने दबाब छ । साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले...
हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा

हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा

काठमाडौँ, २१ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनौट गर्नुभएकामा गोलकिपर विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, डिफेन्डरमा विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ, असिम गुरुङ, रणदीप पौ...
एशिया कप छनोट क्रिकेटको फाइनल बिहीबार

एशिया कप छनोट क्रिकेटको फाइनल बिहीबार

काठमाडौँ, २० भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको फाइनल भिडन्तमा संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङ भिड्ने भएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किन्नरा ओभल क्रिकेट मैदानमा बिहीबार हुने खेलमा दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रँदैछन् । फाइनलमा विजयी हुने टोलीले यसै महिना युएइमा हुने एशिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । एशिया कपमा छनोट हुने टोलीले भारत र...
रोनाल्डो, सलाह र मोड्रिच फिफा सर्वोत्कृष्ट खेलाडीमा मनोनीत, मेस्सी हिस्स

रोनाल्डो, सलाह र मोड्रिच फिफा सर्वोत्कृष्ट खेलाडीमा मनोनीत, मेस्सी हिस्स

लन्डन, २० भदौ । प्रतिभावान फुटबल खेलाडी क्रिस्टियँनो रोनाल्डोको नाम लुका मोड्रिच र मोहम्मद सलाहको नामसँगै फिफा वर्ष खेलाडीको उपाधीका लागि छनोट हुँदा उनका चीर प्रतिद्वन्द्वी लियोनेल मेस्सीको नाम भने एक दशक यता पहिलो पटक छुटेको छ । यस उपाधीमाथि मेस्सी र रोनाल्डोले पछिल्लो दशकमा एकछत्र राज गर्दै आएकोमा बार्सिलोनाका यी नामुद खेलाडी मेस्सीको नाम भने सन् २००६ यता पहिलो पटक अन्तिम तीनको सूचीमा छैन । प...
साफ च्याम्पियनसिप फुटबल: नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने

साफ च्याम्पियनसिप फुटबल: नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने

काठमाडौँ, २० भदौ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ । उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेका नेपाली टोली अहिलेसम्म सा...
नेपाल हङकङसँग ३ विकेटले पराजित

नेपाल हङकङसँग ३ विकेटले पराजित

काठमाडौँ, १९ भदौ ।  मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङबिरुद्ध  ३ विकेटले पराजित भए सगै नेपालको एशिया कप खेल्ने  सपना चकनाचुर भएको छ । राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको हङकङले ३२ दशमलव तीन ओभरमा सात विके...
साफ च्याम्पियनसिप: पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

साफ च्याम्पियनसिप: पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

काठमाडौँ, १९ भदौ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन् । साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध ...
फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

लण्डन । विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए । तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी...
महिला भलिबल लिग असोजमा

महिला भलिबल लिग असोजमा

काठमाडौंँ, १९ भदौ । महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो । उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क...
एशियाडमा पदक विजेता खेलाडी सम्मानित

एशियाडमा पदक विजेता खेलाडी सम्मानित

काठमाडौँ, १८ भदौ । इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुदमा नेपालाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई आज यहाँ नगदसहित सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदसय सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्याराग्लाइडिङ खेलाडीलाई जनही...
नेपालले बङ्गबन्धु गोल्डकप जितेको पुरस्कार अझै पाएन

नेपालले बङ्गबन्धु गोल्डकप जितेको पुरस्कार अझै पाएन

काठमाडौँ, १८ भदौ । बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो । उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । पाँचौ संस्करणको खेल तालिका सार्वजन...
एशियाली खेलकूदको महाकुम्भ सम्पन्न: १३२ स्वर्ण जित्दै चीन अग्रस्थानमा, नेपाललार्इ १ रजत मात्रै

एशियाली खेलकूदको महाकुम्भ सम्पन्न: १३२ स्वर्ण जित्दै चीन अग्रस्थानमा, नेपाललार्इ १ रजत मात्रै

काठमाडौँ । एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै आज सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गाशालमा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्नुभएको खेल आज सम्पन्न भएको हो । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । प्रतियोगितामा ४९ खेल समावेश गरिएको थियो । ४५ देशका ११ हज...
१० औँ साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

१० औँ साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौँ, १७ भदौ । दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ । सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत जोड्दा यो साफको १२ औँ संस्करण हुनजान्छ । बाह्रौँ संस्करणसम्म आइपुग्दा भार...
एशिया कप छनोट: नेपाल चार विकेटले विजयी

एशिया कप छनोट: नेपाल चार विकेटले विजयी

काठमाडौँ, १७ भदौ । एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४/१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए । मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर...
बंगबन्धु अन्तराष्ट्रिय गोल्डकपकाे तालिका सार्वजनिक, नेपाल समूह ए मा

बंगबन्धु अन्तराष्ट्रिय गोल्डकपकाे तालिका सार्वजनिक, नेपाल समूह ए मा

काठमाडौँ, १७ भदौ । नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् । पाँचौँ संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानि ढाकामा हुनेछ । नेपाल बङ्गब...
पाथीभरा गोल्डकपको उपाधि रेड स्टारलाई

पाथीभरा गोल्डकपको उपाधि रेड स्टारलाई

ताप्लेजुङ, १६ भदौ । ताप्लेजुङमा आज सम्पन्न पाथीभरा गोल्डकपको उपाधि झापाको रेड स्टार क्लबले जितेको छ । अतिरिक्त समयको सदुपयोग गर्दै आफ्नै जिल्लाको टिम न्यु स्टार क्लबलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिका लागि पहिलो हाफमा ग्लोरीले गोल गरेका थिए भने अतिरिक्त समयमा कर्नर किकमार्फत क्याप्टेन कर्ण लिम्बुले निर्णायक गोल गरेका थिए । यता उपविजेता बनेको झापाकै न्यु स्टार न्यु स्टारका लाग...
साफ च्याम्पियनशिपमा भाग लिन नेपाली फुटबल टोली ढाका जाँदै

साफ च्याम्पियनशिपमा भाग लिन नेपाली फुटबल टोली ढाका जाँदै

काठमाडौँ, १५ भदौ । नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’मा तथा भारत, म...
एशियाली खेलकूद: जुडोमा नेपाल पराजित

एशियाली खेलकूद: जुडोमा नेपाल पराजित

काठमाडौँ, १५ भदौ । इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए । पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताजकिस्तानका कोमरोशेख उस्तोपिरियोनसँग तथा महिला ७८ किलोमुनि तौल समूहमा पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन...
error: Content is protected !!