अस्ट्रेलियाको ‘बिग बास’ क्रिकेट लिग खेल्दै सन्दीप

अस्ट्रेलियाको ‘बिग बास’ क्रिकेट लिग खेल्दै सन्दीप

काठमाडौँ, ६ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्ट...
विश्वकप क्रिकेट ट्रफी यसै साता नेपाल ल्याइने

विश्वकप क्रिकेट ट्रफी यसै साता नेपाल ल्याइने

काठमाडौँ, ६ कात्तिक । अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन्। ‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, उनले भनिन्, ‘यसै साता आउने भए पनि दिनको टुंगो ल...
नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान

नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, ५ कात्तिक । थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको छनोट खेलमा सहभागिता जनाउन नेपाली यू–१९ महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डर निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पूजा रानामगर, मिडफिल्डर सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अ...
एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल प्रतियाेगिता हुने

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल प्रतियाेगिता हुने

नवलपरासी, ५ कात्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ । हरेक वर्ष एक सिङ्गे गैँड...
प्याराग्लाइडिङको विश्वकप नेपालमा

प्याराग्लाइडिङको विश्वकप नेपालमा

काठमाडौं, २९ असोज । हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा थप चर्चा बटुलेको थियो। पहिलो सहभागितामै नेपाललाई २० वर्षपछि एसियाडमा रजत पदक दिलाउन सफल भएपछि अहिले नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ पनि थप उत्साही बनेको छ। निजी क्षेत्रको प्रयासमा चलिरहेको प्याराग्लाइडिङ खेलले अब बिस्तारै व्यापकता पाउन ल...
राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ, २७ असोज । विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपराह्ना स्वदेश फर्केको छ । मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए । शुक्रबार भएको छनोट चरणको अन्तिम खेल रद्व भएपछि रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो । उपाधिसँगै नेपाल विश्...
गौतम नेपालकै पहिलो चेसका अन्तरराष्ट्रिय आयोजक

गौतम नेपालकै पहिलो चेसका अन्तरराष्ट्रिय आयोजक

पशुपतिनगर, २६ असोज । जर्जियाको बाटुमीमा सम्पन्न विश्व बुद्धिचाल महासङ्घको ८९ औँ फिडे काङ्ग्रेसबाट इलामका विदुर गौतमले अन्तरराष्ट्रिय आयोजकको उपाधि प्राप्त गरेका छन् । नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम सो उपाधिसँगै अन्तराष्ट्रिय आयोजक प्राप्त गर्ने नेपालको पहिलो चेस खेलाडी बन्नुभएको छ । उपाधिपछि उनले अन्तरराष्ट्रियस्तरका बुद्धिचाल प्रतियोगिता आयोजना र सञ्चालन गर्न पाउनेछन । सन् २०११ ...
सन्दीपको राष्ट्रिय कीर्तिमान : नेपाल उपाधिसहित दोस्रो चरणमा प्रवेश

सन्दीपको राष्ट्रिय कीर्तिमान : नेपाल उपाधिसहित दोस्रो चरणमा प्रवेश

काठमाडौँ, २६ असोज । आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो । मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक विकेट गुमाउँदै एक रन बनाउँदा पानी परेर खे...
नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा

नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा

काठमाडौँ, २६ असोज । नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा परेको हो । ४६ राष्ट्रलाई समावेश गर्दै आइसिसीले निकालेको बरियतामा नेपालले ११७ अङ्क पाएको छ । नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ तर, नेपालले एक दिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी–२० म...
ए डिभिजन लिग फुटबल-पहिलो खेल बराबरी

ए डिभिजन लिग फुटबल-पहिलो खेल बराबरी

काठमाडौँ, २६ असोज । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले अङ्क बाँडेका छन् । यस खेलसँगै दुवै टोलीले १÷१ अङ्क जोडेका छन् । खेलमा हिमालयन शेर्पाका आशिष ...
आइिसिसी विश्व टी–२० एशिया छनोट: नेपालको लक्ष्य उपाधिसहित दोस्रो चरण

आइिसिसी विश्व टी–२० एशिया छनोट: नेपालको लक्ष्य उपाधिसहित दोस्रो चरण

काठमाडौँ, २६ असोज । आइिसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा नेपालले आज सिङ्गापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मलेशियाको रजाधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदानमा नेपाल र सिङ्गापुरबीचको खेल मध्याह्न शुरु भएको छ । एशिया छनोट समूह ‘बी’ बाट दोस्रो चरणको छनोटमा पुगिसकेका नेपाल र सिङ्गापुरका लागि आजको प्रतिस्पर्धा उपाधि रक्षाका लागि हुँदैछ । आजको विजेता प्रतियोगिताको विजेता...
‘ए’ डिभिजन लिगका आज दुई खेल: शनिबारदेखि स्थगन

‘ए’ डिभिजन लिगका आज दुई खेल: शनिबारदेखि स्थगन

काठमाडौँ, २६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभि...
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: थ्री स्टार विजयी

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: थ्री स्टार विजयी

काठमाडौँ, २५ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै विजयी शुरुआत भएको हो । जीतसँगै थ्री स्टारले शीर्ष तीन अङ्क जोडेको छ । थ्री स्टारले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल ग¥यो । उसको जीतमा रञ्...
शहीद स्मारक ए डिभिजन: फ्रेण्ड्स र थ्री स्टार भिड्ने

शहीद स्मारक ए डिभिजन: फ्रेण्ड्स र थ्री स्टार भिड्ने

काठमाडौँ, २५ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छ । आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दुवै खेल अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदान सातदोबाटोमा हुनेछ । यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग असोज २४ गतेदेखि पुनः सञ्चालन भएको हो लिगका खेल तेह्...
विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

काठमाडौँ, २४ असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् । भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले सोही क्लबबाट कप्तानको भूमिकासहित आज ‘ए’ डिभिजन लिगमा डेब्यु गर्ने क्लबले जनाएको छ । विमललाई लिन अन्य क्लबले प्रयास...
बुधबारदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग पुनः शुरु हुँदै

बुधबारदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग पुनः शुरु हुँदै

काठमाडौँ, २३ असोज । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि पुनः शुरु हुँदैछ । ए डिभिजन लिग निर्देशक सञ्जिव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महिनाका लागि लिग स्थगित हुनेछ । एन्फाले २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सकाउने जनाएको छ । त्यसपछि दशैँ, तिहार र छठको बिदा अवधिभर ए...
नेपालकाे लगातार चाैथाे जित, भुटान ११७ रनले पराजित

नेपालकाे लगातार चाैथाे जित, भुटान ११७ रनले पराजित

काठमाडौँ, २३ असोज । मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । यसअघि नेपालले म्यानमा र मलेसियालाई आठ आठ विकेट तथा थाइल्याण्डलाई १४० रनले पराजित गरेको थियो । जीतसँ...
टी–२० छनोट क्रिकेट: नेपाल चौथो जितको खोजीमा

टी–२० छनोट क्रिकेट: नेपाल चौथो जितको खोजीमा

काठमाडौँ, २३ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भूटानविरुद्ध जित निकाल्न गार्हो पर्ने छैन । जारी प्रतियोगितामा भूटानको प्रदर्शन कमजोर रहेको छ । एक खेलमा जित निक...
पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

काठमाडौँ, २२ असोज । पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ । पिपिएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसिसीले आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पिपिएललाई मान्यता दिएको जानकारी दिनुभयो । आइसिसीको मान्यता पाएपछि अब पिपिएलको आयोजक...
टि ट्वान्टी विश्वकप छनौट: नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित

टि ट्वान्टी विश्वकप छनौट: नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित

काठमाडौँ, २१ असोज । आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो । एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइलैण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाएँदै १८ रन बनायो । वर्षाका कारण खेल रोकिएपछि डिएल ...
नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरियो

नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरियो

काठमाडौँ, २० असोज । डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ । आज साँझ बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग १–० गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७०औँ मिनेटमा प्यालेस्टाइनका मोहमद अलिविसादले गोल गर्दै आग्र...
पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि सिजापतिलाई

पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि सिजापतिलाई

काठमाडौँ, २० असोज । पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलनविक्रम सिजापतिले हात पारेका छन् । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको उक्त प्रतियोगिताअन्तर्गत ८० केजी तौल समूहभन्दामाथिको समूहबाट प्रतिष्पर्धा गरेका सिजापतिले उक्त तौल समूहको विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । फाइनल राउण्डमा सिजापतिले छ प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै स...
इनरुवामा शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

इनरुवामा शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

इनरुवा, २० असोज । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवु यादवले बताउनुभयो । सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेर खेलको त...
विश्व टी–२० छनोट: नेपालको लगातार दोस्रो जीत

विश्व टी–२० छनोट: नेपालको लगातार दोस्रो जीत

काठमाडौँ, २० असोज । आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ । छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो ।...
भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

काठमाडौँ, १९ असोज । नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक/एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो । पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट प्रदर्शनले ...
बलात्कारको आरोप लागेपछि रोनाल्डोलाई राष्ट्रिय फुटबल टिमबाट निष्कासन

बलात्कारको आरोप लागेपछि रोनाल्डोलाई राष्ट्रिय फुटबल टिमबाट निष्कासन

काठमाडौँ, १९ असोज । पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोलाई एक अमेरिकन युवतीले बलात्कार गरेको आरोप लगाएपछि पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट निष्कासन गरेको छ । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको हो । उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने पनि बताएका छन् ...
साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

काठमाडौँ, १९ असोज । भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् । समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहो...
चेस ओलम्पियाडमा नेपालले युगान्डालाई हरायो

चेस ओलम्पियाडमा नेपालले युगान्डालाई हरायो

काठमाडौँ, १८ असोज । जर्जियामा जारी ४३ औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले युगान्डालाई ३–१ ले हराउँदै उपाधि होड कायम राखेको छ । समूह डी मा रहेको नेपालले नवौँ चरणको खेल जितेपछि नेपालको १० अङ्कका साथ दोस्रो स्थानमा छ । समान १० अङ्क नै बनाएको दक्षिण कोरिया शीर्ष र श्रीलङ्का तेस्रो स्थानमा छन् । तीस वटा मुलुक सहभागी यस समूहमा नवौँ चरणमा रिजेन्द्र राजभण्डारीले युगान्डाका साड्र«ाक कान्टीन्टीलाई प...
रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

लास भेगास, १८ असोज । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् । “मेरा विरुद...
एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने

एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने

काठमाडौँ, १७ असोज । अखिल नेपाल फुटबल सङ्घ एन्फामा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् । आज बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले सो निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिए । यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले व्यावसायिक क्लबमा समेत काम गर्दै आएका ...
विश्व टी–२० छनोट : नेपालद्वारा म्यान्मा आठ विकेटले पराजित

विश्व टी–२० छनोट : नेपालद्वारा म्यान्मा आठ विकेटले पराजित

काठमाडौँ, १७ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले आज म्यान्मालाई आठ विकेटले पराजित गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा म्यान्माले दिएको ३० रनको झिनो लक्ष्य नेपालले तीन ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको म्यान्माले १० ओभरमा अलआउट हुँदै २९ रन मात्र जोडेको थियो । म्यान्माका ...
error: Content is protected !!