जिरी, ७ मङ्सिर । दोलखाको सदरमुकाम चरिकोटमा भएको प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज काँडाघारी भक्तपुरले जितेको छ ।

Advertisement

आज भएको फाइनल खेलमा जिल्ला फुटबल सङ्घ दोलखालाई २–१ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । विजेता प्लानिङ ब्वाइजले नगद रु दुई लाख ५० हजार शिल्ड तथा मेडल प्राप्त गरेको छ ।

उपविजेता दोलखाले रु एक लाख २५ हजार शिल्ड तथा मेडल हात पार्न सफल भएको छ । खेलका विजेता टोलीलाई खानेपानीमन्त्री बीना मगरले नगद तथा ट्रफी प्रदान गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!