काठमाडौँ, १५ मङ्सिर । उपाधी होडमा रहेको मनाङ मस्र्याङ्दी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौ जित निकालेको छ ।

Advertisement

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गरेर मनाङले लगातार पाँचौ जीत निकालेको हो । मनाङको जीतमा अञ्जन विष्ट र आफिज ओलावालेले एक एक गोल गरे ।

खेलको ५५औँ मिनेटमा अञ्जनको गोलबाट अग्रता बनाएको थियो । खेलको ६८औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । खेलमा मनाङका कमल श्रेष्ठले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

जितसँगै मनाङ पाँच खेलबाट १५ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । मनाङसँग पराजित सरस्वती भने छ अङ्कसहित तालिकाको सातौंँ स्थानमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!