कुकुरको पूजा हुने यो हो अनौठो मन्दिर

कुकुरको पूजा हुने यो हो अनौठो मन्दिर

एजेन्सी । अहिलेसम्म तपाइँले केवल देवी देवताको मन्दिरका बारेमा मात्र सुन्नुभएको होला । तर भारतमा एउटा यस्तो मन्दिर छ जहाँ कुकुरको पूजा हुन्छ । उक्त मन्दिरको नाम नै कुकुर देव मन्दिर हो । त्यो अनौठो मन्दिरका बारेमा रहेको मान्यता तथा निर्माणको कथा निकै रोचक छ । छत्तिसगढको रायपुरभन्दा करीब १३२ किलोमिटर टाढा पर्ने दुर्ग जिल्लास्थित खपरी गाउँमा कुकुरदेव मन्दिर रहेको छ । उक्त मन्दिरको गर्भगृहमा कुकुर...
मन्त्री नै दुर्घटनामा परेपछि हेलिकोप्टरकाे १ यात्रुसिट घटाइयाे

मन्त्री नै दुर्घटनामा परेपछि हेलिकोप्टरकाे १ यात्रुसिट घटाइयाे

काठमाडौँ, २४ फागुन । ताप्लेजुङमा दुर्घटनापछि गम्भीर बनेको नेपाल नागरिक उड्डयन प्राधिकरणले अब हेलिकप्टरको लोड घटाउने भएको छ । प्राधिकरणले नेपालमा पछिल्लो समय भित्र्याइएका हेलिकोप्टरबाट एउटा सिट हटाएर यात्रु भार कटौती गर्ने निर्णय गरेको हो । प्राधिकरणले एएस३५०/एच१२५ माेडलका हेलिकोप्टरले अब ५ जना मात्रै यात्रु बोक्न पाउनेगरी निर्णय गरेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । उनका अन...
बालविवाहमा अझै आएन कमी

बालविवाहमा अझै आएन कमी

काठमाडौँ, २४ फागुन । सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन । केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा यस अवधिमा बाँके, सुनसरी र झापालगायत विभिन्न नौ जिल्लामा ४६ वटा बालविवाहका घटनामा ५६...
पुरुष सरह काम गर्ने महिलाहरु

पुरुष सरह काम गर्ने महिलाहरु

नारायणपुर, २४ फागुन । घोराहीकी पुनम नेपाली तुलसीपुर चौकमा जुत्ता सिलाउँछिन् । छ वर्षीय छोराकी आमा पुनमले जुत्ता सिलाउन थालेको ४/५ वर्ष भैसकेको छ । उनी २९ वर्षकी हुन् र श्रीमान्को मृत्युपछि छोरोको पालनपोषण र शिक्षादीक्षा उनको काँधमा आइपर्यो । श्रीमान्सँग काम गर्दागर्दै जुत्ता सिलाउन सिकेकी पुनमले श्रीमान्को मृत्युपछि तुलसीपुर चौकमा ढेब्ली पसलमा बसेर ग्राहकहरुको सेवा गर्दैआएकी छन् । उनले दैनिक ३...
नेपालको नयाँ नक्सामा समेटियो लिपुलेक र कालापानी

नेपालको नयाँ नक्सामा समेटियो लिपुलेक र कालापानी

काठमाडौं, २४ फागुन । सरकाले नेपालको संघीय संरचना अनुसारको प्रशासनिक नक्सा लोकार्पण गरिएको छ । बिहीबार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्नु भएकाे हाे । उक्त नक्सामा नामकरण गरिएका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम तोकिएकाे छ भने अन्य चार प्रदेशको नाम ताेकिएकाे छैन । प्रदेश १, प्रदेश २ प्रदे...
निर्मला हत्या प्रकरणमा आठविरुद्ध मुद्दा

निर्मला हत्या प्रकरणमा आठविरुद्ध मुद्दा

कञ्चनपुर, २४ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक...
अर्जेन्टिनी टिममा परे कप्तान मेस्सी

अर्जेन्टिनी टिममा परे कप्तान मेस्सी

 काठमाडौं, २४ फागुन । कप्तान लियोनल मेस्सी रसिया विश्वकप २०१८ पछि पहिलोपटक अर्जेन्टिनाको टिममा परेका छन् । उनी भेनेजुएला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको प्रारम्भिक ३१ खेलाडीको लिष्टमा पर्न सफल भएका हुन् । उनले यसअघि अर्जेन्टिनाको ६ वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल गुमाएका थिए । विश्वकप २०१८ को प्रिक्वाटरफाइनल खेलमा फ्रान्ससँग खेलेपश्चात मेस्सी अहिलेसम्म अर्जेन्टिना ट...
गोसाइँकुण्ड धार्मिक मार्ग खुल्न एक महीना लाग्ने

गोसाइँकुण्ड धार्मिक मार्ग खुल्न एक महीना लाग्ने

रसुवा,२३ फागुन ।  हिमपातका कारण गोसाइँकुण्ड जाने धार्मिक मार्ग खुल्न नसक्दा तीर्थयात्रु र पर्यटकलाई आवागमनमा समस्या परेको छ । गोसाइँकुण्डका होटल व्यवसायी आङ्बाबु तामाङका अनुसार गत माघदेखि नै पटक पटक भारी मात्रामा परेको हिउँले पैदल मार्ग पूरै छोपिएका कारण धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डको यात्रा रोकिएको हो । समुद्रमन्थनपछि निस्केको कालकूट विष पिउँदा डाह भई उत्तरपन्थ लाग्दा शिवले गोसाइँकु...
कार्यकाल लम्ब्याउने पक्षमा छैन : सभापति देउवा

कार्यकाल लम्ब्याउने पक्षमा छैन : सभापति देउवा

विराटनगर, २३ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी दिनुभयो । सभापति देउवाले हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको र साथीहरुबीच छलफल हुनु कुनै अनौठो नभएको प्रस्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेता डा शेखर क...
जहाज ‘होल्ड’ बारे छानबिन हुने

जहाज ‘होल्ड’ बारे छानबिन हुने

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली चढ्नुभएको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते झापाको चन्द्रगढीबाट काठमाडौँ अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएकाबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो । समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प...
साफ च्याम्पियनसिपलाई महिला फुटबल टोली  घोषणा

साफ च्याम्पियनसिपलाई महिला फुटबल टोली घोषणा

काठमाडौँ, २३ फागुन । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २० सदस्यीय राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोलीको मुख्य प्रशिक्षक हरि खड्काले बन्द प्रशिक्षणका २३ खेलाडीबाट आज सावित्रा भण्डारीको कप्तानीमा २० खेलाडीको छनोट गर्नुभएको हो । टोलीमा गोलकिपरमा एञ्जिला तेम्वाप्पो सुब्बा, अञ्जना रानामगर, उषानाथ, डिफेण्डरमा हीराकुमारी ...
राजनीतिक सङ्कटबीच कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

राजनीतिक सङ्कटबीच कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

दोहा, २३ फागुन । कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ । “कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेको छ, र तीन पटक जारी गरिएको ऋणपत्रबाट १२ अर्ब डलर प्राप्त भएको छ,” मन्त्रालयले जनाएको छ । मन्त्रालयले ऋणपत्रका लागि ५० अर...
लगातार मूल्य बढेपछि निगमलाई सकस

लगातार मूल्य बढेपछि निगमलाई सकस

काठमाडौँ, २३ फागुन । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रुपमा वृद्धि भएपछि नेपाल आयल निगमलाई मूल्य समायोजन गर्न सकस परेको छ । विसं २०७१ देखि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअन्तर्गत मूल्य समायोजन हुँदै आएकामा अन्तर्राष्ट्रिय बजारमा छिटोछिटो मूल्यमा हेरफेर हुनेहुँदा त्यसका आधारमा वास्तविक नाफाघाटा गरी मूल्य समायोजन गर्न निगमलाई सकस परेको हो । यही फागुन ४ गते ‘इ...
जब मोटे मुसालाई बचाउन ९ सदस्यीय उद्धार टोली खटियो

जब मोटे मुसालाई बचाउन ९ सदस्यीय उद्धार टोली खटियो

एजेन्सी । जर्मनीको बेसहाइम सहरमा अग्नी नियन्त्रक तथा उद्धार कार्यालयमा एउटा अनौठो फोन आयो । ढलको बंगालमा रहेको प्वालमा फसेको एउटा मोटो मुसाको उद्धार गर्नुपर्यो भन्दै कसैले उद्धारकर्मीलाई फोन गर्यो । उद्धार टोलीका माइकल सेहरका अनुसार चिसोको कारणले गर्दा उक्त मुसाको जीउ फुलेको थियो र मोटो भएको थियो । बंगालको प्वालमा उसको जिउ अडि्कयो । मुसा न त बाहिर आउन सक्यो, न त भित्र नै जान सक्यो । मुसाको उद्...
पूर्व मिस नेपाल नीकिता चण्डक भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शाे’मा अतिथिको रुपमा देखिने

पूर्व मिस नेपाल नीकिता चण्डक भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शाे’मा अतिथिको रुपमा देखिने

काठमाडौं । पूर्व मिस नेपाल नीकिता चण्डक भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शाे’मा अतिथिको रुपमा देखिने भएकी छिन्। सो कुराको जानकारी नीकिताले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत फोटो राखेर दिएकी हुन् ।तर नीकिताले ‘सो’को कुन अङ्कमा आफू देखिन लागेको भन्ने बारे प्रष्ट्याएकी छैनन् । नीकिताले ‘सो’को पात्र किकु सर्दासँग खिचाएका फोटोे इन्स्टाग्राममा राख्दै ‘र हामीहरुको भेट भयो, कपिलको शोमा बोलाएकोमा धन्यबा...
दुई किलो सुनसहित दुई जना पक्राउ

दुई किलो सुनसहित दुई जना पक्राउ

धनगढी, २३ फागुन । कैलालीको चिसापानीमा गए राति प्रहरीले दुई किलो ३०० ग्राम सुन र चाँदीका पूजा सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ । चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र केसीले पूर्वबाट धनगढीतर्फ आउँदै गरेको बा१९च ७४१३ नंको जीप राति १०ः४५ बजे चिसापानीमा पुगेको समयमा चेकजाँच गर्दा उक्त परिणामको सुन र चाँदीका सामग्री बरामद भएको जानकारी दिनुभयो । जीप चालक कैलालीका रमेश सैँजु र जीप...
इन्डोनेसियाको सुन खानी दुर्घटना, मृतकको संख्या २७ पुग्यो

इन्डोनेसियाको सुन खानी दुर्घटना, मृतकको संख्या २७ पुग्यो

जकार्ता, २३ फागुन  ।  मध्य इन्डोनेसियाको एक सुन खानीमा भएको दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २७ पुगेको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ । एजेन्सीका अधिकारीहरुले अरु व्यक्तिको खोज तथा उद्धारको कार्य अन्त्य भएको पनि जनाएका छन् । उद्धारकर्मीलाई सुन खानीको भित्री भागमा पुगेर खोज तथा उद्धारका कार्य गर्न कठिनाई भएपछि उद्धार कार्य स्थगित गरिएको हो । बोलाङ मन्गोन्डो जिल्लाका विपद् व्यवस्थापन एजेन्...
काठमाडौँको मख्खनगल्लीमा आगलागी

काठमाडौँको मख्खनगल्लीमा आगलागी

काठमाडौँ, २३ फागुन । काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ । मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा जनपद प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उहाँले जानकारी दिनुभयो । आगो निभाउन विभिन्न क्षेत्रका चार द...
भारतमा बस स्टेशनभित्र बम विस्फोट

भारतमा बस स्टेशनभित्र बम विस्फोट

श्रीनगर, २३ फागुन ।  भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानीको रुपमा रहेको छ । घाइतेहरुको सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये एकको अवस्था ग...
निजी स्रोतका शिक्षकका लागि एक करोड

निजी स्रोतका शिक्षकका लागि एक करोड

बैतडी, २३ फागुन । पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले पहल गरिरहेको जनाइएकोे छ । नगरभरिका सामुदायिक विद्यालयमध्ये गाभिनुपर्ने विद्यालय...
‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने

‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने

काठमाडौँ, २३ फागुन । एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि पूर्णरुपमा डिजिटलमैत्री नेपाल बनाउनुपर्नेमा...
बजेट अभावमा जनता आवास कार्यक्रम प्रभावित

बजेट अभावमा जनता आवास कार्यक्रम प्रभावित

बाँके, २३ फागुन । चैत वैशाखको गर्मीसँगै वर्षात्को समय नजिकिँदै जाँदा बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका फुला कुचवधियाको सुरक्षित घरमा बस्न पाउने रहर हराउँदै जान थालेको छ । वर्षौंदेखि हुरीबतास र वर्षात्जस्ता समस्या झेल्दै आएका लोपोन्मुख कुचवधिया समुदायमा यो साल पनि उसैगरी बित्ने हो कि भन्ने चिन्ता थपिएको छ । बाँकेको इन्द्रपुरमा रहेको कुचवधिया समुदायलाई जनता आवास कार्यक्रममार्फत सुरक्षित बसोवा...
गण्डकी मेडिकल कलेजका २ पक्राउ

गण्डकी मेडिकल कलेजका २ पक्राउ

चिप्लेढुङ्गा, २३ फागुन । पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनालाई ठगीसम्बन्धी उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला अदालतको अनुमतिपछि १० जनालाई पक्राउ पुर्जी जारी गरे...
सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

काठमाडौँ, २३ फागुन । मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ । सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिपुलेक, कालापानीका साथै ठूला हिमाल, नदी, सडक तथा प्रमुख लोकमार्ग राखिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा नामकरण...
चितुवाको आक्रमणबाट प्रहरी घाइते

चितुवाको आक्रमणबाट प्रहरी घाइते

लम्की, २३ फागुन । चितुवाको आक्रमणबाट कैलालीमा एक प्रहरी घाइते भएका छन् । आज बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजीक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते हुनुभएको हो । घाइते जवानको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । घाइते धिताल खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धिताललाई चितुवाले घाँटीको अघि र पछि, हात र ढाड...
विद्युत् चोरीको आरोपमा सात पक्राउ

विद्युत् चोरीको आरोपमा सात पक्राउ

राजविराज, २३ फागुन ।  हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आज सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानबाट विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट एक थान पानी तान्ने मोटर, एक थान साउन्ड बक्स र एक थान पङ्खा पनि बरामद गरिएको केन्द्रका प्र...
धरहरा पुनःनिर्माणको कामले गति लियो

धरहरा पुनःनिर्माणको कामले गति लियो

काठमाडौँ, २३ फागुन । एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गत...
भक्तपुरमा करेन्ट लागेर मृत्यु

भक्तपुरमा करेन्ट लागेर मृत्यु

भादगाउँ, २३ फागुन । भक्तपुर नगरपालिका गोलमढीमा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–८ आदर्शचोक बस्ने ४२ वर्षीय गोविन्दप्रसाद छुक्कालाई करेन्ट लागेर ज्यान गएको हो । प्रहरीका अनुसार भगोलमढीस्थित केशव कवाङको घरको माथिल्लो तल्लामा बिजुली मर्मतका क्रममा करेन्ट लागेर घाइते भई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएकामा उपचारकै क्रममा छुक्काको मृत्यु भएको हो । घटनाबारे थप अनुुसन्ध...
सवारी दुर्घटनामा एकको मत्यु

सवारी दुर्घटनामा एकको मत्यु

भादगाउँ, २३ फागुन । मध्यपुर थिमी–२ सानोठिमी वन कार्यालय ओरालोमा आज दुई वटा मोटरसाइकल एकापसमा ठोकिन्न गई लडेर विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा७४प ५५३ नंको मोटरसाइकलले विपरीत दिशा प्रदेश–३–०२–००२ प ६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकमा लडेको, विपरीत दिशातर्फबाट आउँदै गरेको बा.२.ख ४८६८ नंको बसले समेत ठ...
कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन हुनुपर्ने र उपजको मूल्य निर्धारणमा किसान संलग्न हुनुपर्ने भन्दै बैठकमा सांसद हृदयेश त्रिपाठीले सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । सभामुखसँग समय माग गर्दै सांसद...
अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : राजपा अध्यक्ष राजेन्द्र महतो

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : राजपा अध्यक्ष राजेन्द्र महतो

विराटनगर, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष मण्डलका सदस...
error: Content is protected !!