अमेजन जंगलका केही रोचक तथ्य

अमेजन जंगलका केही रोचक तथ्य

काठमाडौं । अमेजन रेनफरेस्ट दक्षिण अमेरिकाको अम्र्जम नदीको प्रमूख स्रोतको रूपमा रहेको जंगल मानिन्छ । यसको क्षेत्रफल ५५ लाख वर्ग किलोमिटरमा फैलिएको छ भने ब्राजिलले सबैभन्दा यसको भूभाग ओटेको छ । विश्वमा जति यो जंगल चर्चित छ त्यति नै यसका तथ्य पनि । अमेजन जंगलको नाम ग्रिक भाषाबाट आएको मानिन्छ । जसलाई साहसी महिला भनेर चिनिन्छ । स्पेनका खोजकर्ता फ्रान्सिसको ओरेल्लानाले महिलाबाट हमला भएपछि सोही महिलाक...
निर्मला हत्या प्रकरण : पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ

निर्मला हत्या प्रकरण : पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ

काठमाडौँ, २३ फागुन  । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता (एसएसपी) उत्...
सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

काठमाडौँ, २३ फागुन । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो । सहमतिपछ...
कपिलवस्तुमा गोली चल्यो

कपिलवस्तुमा गोली चल्यो

कपिलवस्तु,  २३ फागुन । कपिलवस्तुमा गोली चलेको छ । प्रहरीले चलाएको गोली लागेर विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका हुन् । जिल्लाको शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली चलाएको र सो गोली लागेर कार्यक्रता दुर्गाबहादुर रोका घाइते भएका हुन् । उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको र त्यहाँ उनको उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको र अ...
लागुऔषधसहित एक पक्राउ

लागुऔषधसहित एक पक्राउ

दमौली, २३ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ जैमिनी नगरपालिका–८ का १८ वर्षीय रमेश पुन रहेको प्रहरीले जनाएको छ । आँबुखैरेनीचोकमा शङ्कास्पदरूपमा हिँडेका पुनको साथबाट प्रहरीले फेनरागन ५४, डाइजेपाम ५४ र नुफिन ५४ थान गरी १६२ थान लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका निजविरुद्ध बुधबार तनहुँ अदाल...
गरीब र जेहेन्दार विद्यार्थीलाई सहयोग

गरीब र जेहेन्दार विद्यार्थीलाई सहयोग

काठमाडौँ, २३ फागुन । नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना माविका पाँच गरीब तथा जेहेन्दार विद्यार्थीले जनही रु सात हजारको छात्रवृत्ति सहयोग पाएका छन् । सो नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्ना दिवङ्गत पिता होमनाथ तिवारीको स्मृतिमा स्थापना गरेको रु दुई लाखको अक्षयकोषबाट उक्त सहयोग गरिएको हो । विद्यार्थी मनदीप पौडेल, रमेश लामा, राजकुमार सुर्खेती, विनोद गजुरेल...
ग्रान्डी अस्पतालमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया

ग्रान्डी अस्पतालमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया

काठमाडौँ, २३ फागुन । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले हालै सफलतापूर्वक सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा कपिल दवाडी र डा सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । एन्युरिजम भनेको मस्तिष्कमा रहेको रक्तनलीको कमजोर भाग फुल्नु हो जुन फुट्यो भने आन्तरिक रक्तश्राव भई बिरामीको मृत्युसम...
फेसबुकले प्रयोगकर्ताका विवरणहरु अब लामो समयसम्म नराख्ने

फेसबुकले प्रयोगकर्ताका विवरणहरु अब लामो समयसम्म नराख्ने

एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकले प्रयोगकर्ताका विवरणहरु दुरुपयोग गरेको बताएका छन् । उनले एउटा ब्लग लेख्दै पछिल्लो समय फेसबुकका धेरै प्रयोगकर्ताहरुको विवरणहरु दुरुपयोग भएका जनाएका हुन् । उनले आफ्नो सामाजिक सञ्जाललाई गोपनियतामा उच्च ध्यान दिने मञ्चू बनाउन चाहेको समेत बताएका छन्। जुकरबर्गका अनुसार फेसबुकले प्रयोगकर्ताका विवरणहरु अब लामो समयसम्म राख्ने छैन । यस्तो विवरणको भण्डा...
चार स्थानमा ‘स्मार्ट कृषिगाउँ’

चार स्थानमा ‘स्मार्ट कृषिगाउँ’

बेझाड, २३ फागुन । पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्र्तगत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुँदैछन् । नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका लागि प्रदेशसभा सदस्यहरू तुलाराम घर्तीमगर, नारायण आचार्य, युवराज खनाल र डा पुरनमान बज्राचार्यका क्षेत्रमा सिफारिस गरिएको छ । तिन...
पूर्वाधार लगानी बैंक सञ्चालनमा

पूर्वाधार लगानी बैंक सञ्चालनमा

काठमाडौँ, २२ फागुन । भौतिक पूर्वाधार निर्माणमा लगानी गरी देशको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले पूर्वाधार लगानी बैंक स्थापना भएको छ । चालीस अर्ब अधिकृत पूँजी र रु २० अर्ब जारी पूँजीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक आजदेखि सञ्चालन भएको हो । सर्वसाधारणको ४०, व्यक्तिगत ४.९९, सरकारको १०, ‘क’ वर्गका बैंकबाट २०.८९, बीमा कम्पनीको १८.९७ लगानीमा स्थापना भएको उक्त बैंकको अर्थमन्त्री ड...
प्रि–मनसुन शुरु : तीन महीना पहाडी भेगको मौसम प्रभावित हुने

प्रि–मनसुन शुरु : तीन महीना पहाडी भेगको मौसम प्रभावित हुने

काठमाडौँ, २२ फागुन । यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महीना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भूभागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्ष हुने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभाव पार्न थालेकाले प्र...
हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो

हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो

काठमाडौँ, २२ फागुन । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ । यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकप्टर दुर्घटना हुँदा उहाँका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो । ताप्लेजुङको अस्थाई प्रहरी चौकी माथिल्लो फे...
पुनः अटाए विनोद चौधरी फोर्बस्को धनी व्यक्तिको सूचीमा

पुनः अटाए विनोद चौधरी फोर्बस्को धनी व्यक्तिको सूचीमा

काठमाडाैं । नेपालका विनोद चौधरी फोर्बस्को विश्वका धनी व्यक्तिको सूचीमा पुनः अटाएका छन् । विश्वका २१ सय ५३ अर्बपतिमध्ये चौधरी फोब्र्सको १३ सय ५९ औं स्थान बनाउन सफल भएका हुन् । गत वर्षभन्दा २ सय १४ स्थान माथि उक्लिने क्रममा २० करोड अमेरिकी डलरबराबरको सम्पत्ति थपेको फोर्ब्सले जनाएको छ । आजको डलर विनिमयअनुसार चौधरीको सम्पत्ति २२ अर्ब ६५ करोड रुपैयाँ बढेको हो । चौधरीका १ अर्ब ७० करोड अमेरिकी डलर अर...
पूर्वी अफगानिस्तान आक्रमणमा सोह्रको मृत्यु

पूर्वी अफगानिस्तान आक्रमणमा सोह्रको मृत्यु

जलालाबाद, २२ फागुन । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा एक निर्माणाधीन कम्पनीलाई लक्ष्य गरी बुधबार बिहान सबेरै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । यस युद्धगस्त देशमा यो पछिल्लो रक्तपातपूर्ण घटना भएको एक सरकारी अधिकारीले जानकारी दिनु भएको छ । प्रान्तीय प्रवक्ता अत्ताउल्लाह खोग्यानीले यस आक्रमणमा परी १६ जनाको मृत्यु हुनुको साथै अन्...
रामेछापमा  भैँसीले ६ खुट्टे पाडो जन्माएपछि

रामेछापमा भैँसीले ६ खुट्टे पाडो जन्माएपछि

रामेछाप , २२ फागुन । मन्थली नगरपालिका वडा नं–४ सालुको गैराथोकका किसान वलकबहादुर आलेमगरले पालेको भैँसीले ६ खुट्टे पाडो जन्माएपछि अहिले उक्त पाडो हेर्न जाने हेरालुहरुको घुइचो नै लाग्ने गरेको छ । ६ खुट्टे उक्त पाडो अरु ४ खुट्टे पाडो जस्तै उभिने र सहजै भैसीको दुध खाने गर्दै आएको छ । यसअघि भैसी वा अन्य कुनै पनि घरपालुवा जनावरले ६ वटा खुट्टा भएको बच्चा पाएको नदेखेका गाउँका किसानहरु भैसी र उनको पाडो ह...
सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला

सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला

कैलाली, २२ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला गरेको छ । घटना भएको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले आज सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो । लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित १२ जनालाई ३ वर्षको कैद तोकिएको छ । तीन वर्षको कैद भुक्तान गरिसकेकाले उनीहरु रिहा हुने छन् । ३ ...
यस वर्ष १० टन  लप्सीका परिकार अमेरिका निर्यात

यस वर्ष १० टन लप्सीका परिकार अमेरिका निर्यात

पर्वत, २२ फागुन । लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको यहाँबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका विभिन्न ठाउँमा पुगेर कृषकको लप्सी खरीद गरेर प्रशोधन गर्दै आएको छ । उद्योगबाट उ...
दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

सियोल, २२ फागुन ।  भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा हुनुभएको छ । सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो । उहाँले अदालतको उक्त आदेश विरुद्ध माथिल्लो अदालतमा उजूरी दिएका थिए । सियोल उच्च अदालतले पूर्व राष्ट्रपत...
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

लमही, २२ फागुन । थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो । “ढकिया थारूको पहिचानसँग जोडिए छ”, उहाँल भन्नुभयो, “तर नयाँ पुस्ताले ढकिया बुन्नतर्फ ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा छ ।” नयाँ पुस्ता शिक्षा तथा प्रविधितर्फ मात्रै बढी ध्यान दिने तर आफ्नो पहिचान...
फरार अपराधी १३ वर्षपछि पक्राउ

फरार अपराधी १३ वर्षपछि पक्राउ

दुल्लु, २२ फागुन । कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–६ (साविकको कट्टी गाविस–२ सनी गाउँ) का ३८ वर्षीय टोपबहादुर सिंह रहेको छ । सोहि ठाउँका २१ वर्षीय शेरबहादुर पुन मगरको हत्यामा संलग्न रहेको आरोपमा सिंहलाई जिल्ला अदालत दैलेखले २०६७ चैत २३ गते दोषी ठहर गरी २० वर्ष कैद सजायको फैसला गरेको थियो । मगरको २०६२ कात्तिक १...
सामाजिक कार्यमा आयुषमान प्रियंका

सामाजिक कार्यमा आयुषमान प्रियंका

काठमाडौँ, २२ फागुन । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले धनुषा पुगेर महिलामैत्री शौचालय निर्माण गरेका छन् । प्रियंका र आयुषमानको आङ्गका फाउन्डेशनले धनुषा जिल्लाका तीन विद्यालयमा पन्चकन्या फाउन्डेसनको सहयोगमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो । धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा एक कार्यक्रमकाबीच शौचालय निर्माण गरि वितरण गरिएको अभिनेत...
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ : गृहमन्त्री थापा

निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ : गृहमन्त्री थापा

धनगढी, २२ फागुन । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।” घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उहाँले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको ...
बञ्चरो प्रहार गरी हत्या

बञ्चरो प्रहार गरी हत्या

कञ्चनपुर, २२ फागुन । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग ...
कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने

कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने

पोखरा, २२ पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत्रुपमा नै सञ्चालन रहने भएको छ । उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले तीे उडान आजदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र हवाई खेलकूद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ सङ्घ (न...
काइली जेनरले गरिन फेसबुकका मार्क जुकर्बर्गको कीर्तिमान भङ्ग

काइली जेनरले गरिन फेसबुकका मार्क जुकर्बर्गको कीर्तिमान भङ्ग

एजेन्सी । अमेरिकाकी काइली जेनर अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्।फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीय जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्। बीबीसीका अनुसार उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो। यस गतिमा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्ग...
उपत्यका हेर्न मध्यपुरमा दृश्यावलोकन स्तम्भ

उपत्यका हेर्न मध्यपुरमा दृश्यावलोकन स्तम्भ

भक्तपुर, २२ फागुन । मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । स्तम्भबाट मनोहरा, दिव्यश्वरी क्षेत्रका बस्ती, एसओएस, अन्तर्राष्ट्रिय वि...
‘सी’ डिभिजन लिग फुटबल आजदेखि

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडौँ, २२ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब छन् । दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । समूह ‘ए’ मा स्वयम्भू क्लब, कशामदेवी प्लानिङ ब्वाइज ...
घरेलु मैदानमा रियल मड्रिडको लगातार चाैँथाे लज्जास्पद हार

घरेलु मैदानमा रियल मड्रिडको लगातार चाैँथाे लज्जास्पद हार

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत बुधबार बिहान भएको खेलमा रियल मड्रिड ४-१ ले पराजित भएको छ । राउण्ड १६ को दोस्रो लेगमा रियल मड्रिड घरेलु मैदानमा ३ गोलान्तरले पराजित भएको हो । एज्याक्सले यो १६ वर्षको अवधिमा पहिलो सफलता हात पारेको हो । भने मड्रिडको मैदानमा ४-१ को ऐतिहासिक जित निकालेको हो । १६ वर्षमा पहिलो पटक एज्याक्सले पहिलो लेगमा २-१ले लिड गरिराखेको रियलललाई पहिलो क्वार्टर फाइनल पुग्न कम्तिमा...
आफैले पालेको सिंहको शिकार बन्नपुगे यी युवक

आफैले पालेको सिंहको शिकार बन्नपुगे यी युवक

एजेन्सी । मध्य युरोपको एक देश चेक गणतन्त्र(czech republic)मा आफुले पालेका सिंहबाट एकको ज्यान गएको छ । विगत केहि वर्षयता सिंह पाल्दै आएका ती युवकले गत वर्ष आफ्नै घरपछाडि खोर बनाएर पोथि सिंहसमेत हालेर पाल्दै आएका थिए । उनले प्रजननका लागि सिंह र पोथी सिहं पालेका थिए । माइकल प्रसेक नाक गरेका ३३ वर्षिय युवकले सन् २०१६ मा सिंह र गत वर्ष पोथी सिंह ल्याएर दुबैलाई घरको पछाडिको घरमा बनाइएको खोरमा राखेका ...
विदेशबाट फर्केर कुखुरापालन

विदेशबाट फर्केर कुखुरापालन

गलकोट, २२ फागुन । बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले विदेशबाट फर्केर गाउँमै कुखुरापालन थाल्नुभएको छ । सोचेजस्तो पारिश्रमिक नपाएपछि उहाँहरुले स्वदेश फर्केर रु ५० लाखको लागतमा लेयर्स जातको कुखुरापालन गरेका हुन् । नौ वर्ष शिक्षण पेशा गरी सात वर्ष युरोपमा बस्नुभएका ३८ वर्षीय डिल्लीप्रसाद सापकोटा र पाँच वर्ष कतार बसेर फर्कनुभएका ३३ वर्षीय यामबहादुर केसीले संयुक्तरूपमा कुखुरापालन व्यवसाय शुरु गर्...
दुर्गम गाउँको स्वास्थ्यचौकीमा सुविधासम्पन्न भवन निर्माण

दुर्गम गाउँको स्वास्थ्यचौकीमा सुविधासम्पन्न भवन निर्माण

म्याग्दी, २२ फागुन । म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले रु दुई करोड छ लाखको लगानीमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले पक्की भवन निर्माण गरेको हो । विसं २०७१ पुसदेखि शुरु भएको भवनको मङ्गलबार जिल्ला समन्वय समितिका प्रमुख देव...
error: Content is protected !!