‘पिंजडा ब्याक अगेन’को गीत सार्वजनिक : निखिल र सारा आधाआधा, भिडियो
काठमाडौं, २७ कात्तिक । माघ ४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'पिंजडा ब्याक अगेन'को गीत रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश 'तिमी पनि आधा म पनि आधा' बोलको गीत सार्वजनिक गरिएको हो।
उक्त गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् भने अर्जुन र अन्जु पन्तको स्वर दिएका छन्। सुन्दर लोकेसन देखिएको भिडियोमा फिल्मका मुख्य कलाकार निखिल उप्रेती र सारा सिर्पाली फिचरिङ छन...

























