आज बाला चतुर्दशी यसरी छरियो पशुपतिमा शतविज
काठमाडौ, १ मंसिर । आज बाला चतुर्दर्शी । अर्थात शतवीज छर्ने दिन ।
सनातन हिन्दु धर्मावलम्बीहरुले मंसिरको कृष्ण पक्षको चतुर्दर्शीलाई विशेष रुपमा लिने गर्दछन् । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राती महादिप बाली जाग्राम बसी चतुर्दर्शीको बिहान शतवीज छर्ने चलन छ ।
महादीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ । त्यस्तै शिवालयमा शतवीज छर्ना...
























