के हो एन्टिबायोटिक, यसको अत्यधिक प्रयोगले के हुन्छ खराबी ?
काठमाडौ, ३० कात्तिक । एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै जाँदा भविश्यमा यस्ता औषधीले काम नै नगर्ने अवस्था आउने भन्दै सचेत हुन चिकित्सकहरुले आग्रह गरेका छन्।
एन्टिबायोटिक औषधीको प्रयोगप्रति बिरामी आफै सचेत नहुने र चिकित्सकले पनि यसको प्रयोगबारे राम्रोसँग जानकारी नदिनाले दुरुयोग बढेको उनीहरुको भनाइ छ।
चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक खाने प्रचलनले दुरुपयोग बढेको त्रिवि शिक्षण अस्पतालका फर्माको...

























