खुल्यो गौचन हत्याकाण्डको रहस्य, शेयर नदिएपछि हत्या भएको प्रहरीको दाबी
काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई प्रहरीले प्रकाउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बस्नेतलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। बस्नेतलाई यही मंसिर १५ गते चितवनको नारायणगढबाट पक्राउ गरिएको सीआईबीद्वारा आइतबार महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
विदेशमा बसेर नेपाली व...

























