बझाङको छबिसपाथिभेरा मतगणना केन्द्रमा झडप, ५ घाइते

बझाङको छबिसपाथिभेरा मतगणना केन्द्रमा झडप, ५ घाइते

  काठमाडौं । बझाङको छबिसपाथिभेरा गाउँपालिका केन्द्रमा मतगणना शुरु हुने बेला बिहीबार विहान एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते भएका छन् । मतदान केन्द्र बाहिर आपसी बिबादमा घरेलु हतियार सहित झडप भएको प्रमुख जिल्ला अधिकारी केशबहादुर थापाले जानकारी दिए । उनका अनुसार झडपमा एमालेका २ कार्यकर्ता र २ जना म्यादी प्रहरी समेत घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै ग...
दार्चुलामा कांग्रेसले खोल्यो खाता

दार्चुलामा कांग्रेसले खोल्यो खाता

 दार्चुला । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ । लेकम– १ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९५ र नेकपा (माओवादी केन्द्र)का तारासिंह बोहराले १६१ मत प्राप्त गरे । सो वडामा एक हजार ८० मत खसेको थियो । दार्चुलाका अन्य नगर तथा गाउँपालिकामा पनि...
धनकुटाको खाल्सामा एमालेको सुरुवाती अग्रता

धनकुटाको खाल्सामा एमालेको सुरुवाती अग्रता

धनुकटा, १५ असार । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । पहिलो पटक सार्वजनिक भएको मत परिणाम यस्तो छ । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिका एमाले– ७७४ माओवादी केन्द्र– २९४ कांग्रेस २९१ राप्रपा– ३ संगालोखबरबाट निर्वाचनको लाईभ अपडेट भईरहेको छ । लाईभ अपडेटका लागि www.sangalokhabar.com  हेर्दै गर्नुहोला ।
गुल्मीका ३ स्थानीय तहको गणना सुरु, २ तहमा एमाले अगाडि

गुल्मीका ३ स्थानीय तहको गणना सुरु, २ तहमा एमाले अगाडि

 गुल्मी । गुल्मीका १२ स्थानीय तहमध्ये ३ स्थानीय तहको मतगणना सुरु भएको छ । बाँकी ९ तहको गणना छिट्टै गर्ने निर्वाचन कार्यालयको तयारी छ । मतगणना भएका ३ स्थानीय तहमध्ये रुरु गाउँपालिकामा एमालले अग्रता लिएको छ । यहाँ प्रमुखमा एमालेले ४ सय २६ मतका साथ अग्रता लिइरहेको छ । माओवादी–कांग्रेस गठबन्धनका प्रमुख पदका उम्मेदवारले १ सय ८ र उपप्रमुखले १ सय ११ मत पाएका छन् । छत्रकोट गाउँपालिकामा एमाले प्रमुख उम...
भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो

भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो

भोजपुर । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । वडा नं ८ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले पहिलो खाता खोलेका हुन् । उनले ३२२ मत ल्याए भने एमालेका पाँचकुमार राईले ३१० मत प्राप्त गरे । गाउँपालिका अध्यक्षमा भने एमालेले अग्रता कायम गरेको छ । एमाले अध्यक्षका उम्मेदवार विजय राईले ३१० र माओवदी केन्द्रका उम्मेदवार थामबहादुर राईले २९६ मत ल्याएका छन् ।
धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना

धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना

धनकुटा, १५ असार । धनकुटाका तीन नगरपालिका र दुई गाउँपालिकामा आज बिहान ११ बजेबाट मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिप शाहका अनुसार धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिका र साँघुरीगढी गाउँपालिकामा ११ बजेबाट मतगणना हुँदैछ । बिहान बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा बिहान ८ बजे...
धनकुटाको छथर जोरपाटीमा मतगणना सुरु

धनकुटाको छथर जोरपाटीमा मतगणना सुरु

धनुकटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आज बिहान १० बजेबाट मतगणना सुरु भएको छ । बिहान बसेको सर्वदलिय बैठकको निर्णय अनुसार मतगणना थालिएको हो ।   दोस्रो चरणको स्थनीय तह निर्वाचन अन्र्तगत छथरमा हिजो भएको मतदानमा ७ हजार ६ सय ७२ मत खसेको थियो । १० हजार ७ सय ३५ मतदाता रहेको छथरमा ७१ दशमलव ४८ प्रतिशत मत खसेको हो । संगालोखबरबाट निर्वाचनको लाईभ अपडेट भईरहेको छ । संगालोखबर हेर्दै गर्नुहोला ।
धनकुटाका सातवटै तहमा बिहिबार बिहानबाट मतगणना

धनकुटाका सातवटै तहमा बिहिबार बिहानबाट मतगणना

धनुकटा, १४ असार । धनकुटाका सात वटै स्थानीय तहमा बिहिबार बिहानबाट मतगणना सुरु हुने भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत बुधबार जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा मतदान भएको थियो । १ सय १७ मतदान स्थलमा रहेका १ सय ४३ मतदान केन्द्रमा बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो । जिल्लामा उत्साहजनक र शान्तिपूर्ण तरिकाबाट मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जा...
मतदान केन्द्रमा फालेको बम हबल्दारले टिपेर फाले, पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा

मतदान केन्द्रमा फालेको बम हबल्दारले टिपेर फाले, पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका छन् । मन्त्री शर्माले आज रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए । साथै उनलाई पुरस्कृत गर्ने उनले बचन दिएका छन् ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री ...
दाङमा ७० प्रतिशत मत खस्यो, मतगणना बुधबार हुने

दाङमा ७० प्रतिशत मत खस्यो, मतगणना बुधबार हुने

बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको छ । दश तहको ३ सय ५१ मतदान केन्द्रमा भएको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा २ लाख ९१ हजार १५० मतदाता छन् । उनीहरुको मतबाट ५ सय २० जनप्रतिनिधि चयन हुनेछन् । जिल्लाका १ सय ५१ मतदान स्थल अन्तर्गत ३ सय ५१ केन्द्र तोकिएको ...
धनकुटामा २ नक्कली मतदाता पक्राउ

धनकुटामा २ नक्कली मतदाता पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका- ६ राजारानी को जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा २ जना नक्कली मतदाताहरु पक्राउ परेका छन् । अरुको नाममा मतदान गर्न खोज्ने क्रममा २ यूवाहरु पक्राउ परेको चौबिसे गाउँपालिकाका मतदान अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिए । कालाखेतीका अनुसार अरुको नाममा मतदान गर्न खोज्ने क्रममा चौबिसे ६ का २८ वर्षीया नरमाया लिम्बु र २७ वर्षीय हाङकङ लिम्बु रहेको...
धनकुटामा यसरी भईरहेको छ मतदान (भिडियोसहित)

धनकुटामा यसरी भईरहेको छ मतदान (भिडियोसहित)

धनकुटामा जारी मतदानको भिडियो हेर्नुहोस्... धनुकटा, १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत धनकुटामा पनि आज उत्साहजनक र शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका १ सय ४३ वटै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जानकारी दिए । झरीका कारण बिहान मतदानमा केही समस्या देखिएपनि मतदाताले झरीको परबाह नगरी उ...
धनकुटामा झरीको परवाह नगरी मतदान जारी (फोटो फिचरसहित)

धनकुटामा झरीको परवाह नगरी मतदान जारी (फोटो फिचरसहित)

धनुकटा, १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत धनकुटामा पनि आज उत्साहजनक र शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका १ सय ४३ वटै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जानकारी दिए । झरीका कारण बिहान मतदानमा केही समस्या देखिएपनि मतदाताले झरीको परबाह नगरी उत्साहित भएर मतदान गरिरहेका छन । युवा–युवती देख...
तीनवटै प्रदेशमा उत्साहजक रुपमा मतदान जारी

तीनवटै प्रदेशमा उत्साहजक रुपमा मतदान जारी

१४ असार। असारे झरी र बाढी पहिरोको परवाह नगरी लाखौं मतदाता दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो मत प्रयोग गर्न उत्सापूर्वक सहभागी भएका छन् । प्रदेश नम्बर १, ५ र ७ का उच्च हिमाली भेगदेखि मैदानी फाँट, तराई मधेससम्म मतदाताको उत्साह देखिएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा भइरहेको जानकारी प्राप्त भएका छन् । वर्षातका कारण मतदातालाई लाइनमा बस्न र मतदान गर्न समस्या भएको छ । भिजे...
धनकुटामा चुनावको तयारी पुरा

धनकुटामा चुनावको तयारी पुरा

धनकुटा, १३ असार । बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि धनकुटामा सम्पुर्ण तयारी पुरा भएको छ । निर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । बुधबार बिहान ७ देखि ५ बजेसम्म मतदान हुनेछ । धनकुटाका एक सय १७ मतदान स्थलमा एक सय ४३ वटा मतदान केन्द्र तोकिएको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा ९५ हजार ३ सय ७१ मतदाता छन । सुरक्ष...
धनकुटामा ७१ हजारलाई मतदाता परिचय–पत्र वितरण

धनकुटामा ७१ हजारलाई मतदाता परिचय–पत्र वितरण

धनकुटा, १३ असार । दोस्रो चरण अन्तरगत बुधबार हुने स्थानीय तह निर्वाचनका लागि धनकुटामा मतदाता परिचय–पत्र वितरण सम्पन्न भएको छ । निर्वाचन आयोगले तोकेको समयमा लगभग ७५ प्रतिशत अर्थात करिव ७१ हजार मतदातालाई परिचय–पत्र वितरण गरिएको हो । असार ११ गतेदेखि मतदाता परिचय–पत्र वितरण शुरु गरिएको थियो । परिचयपत्र वितरणका लागि विहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । कतिपय मतदान केन्द्रमा ८० प्रतिशतमाथि म...
अरु कागजात देखाएर पनि भोट हाल्न सकिने– आयोग

अरु कागजात देखाएर पनि भोट हाल्न सकिने– आयोग

काठमाडौँ। निर्वाचन आयोगले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ । त्यसका लागि स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्ने छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारण मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा, हर...
ओलीले गरे सरकार र प्रहरी प्रशासनको चर्को आलोचना

ओलीले गरे सरकार र प्रहरी प्रशासनको चर्को आलोचना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र प्रहरी प्रशासनको चर्को आलोचना गरेका छन् । दोस्रो चरणको चुनावको मौन अवधिमा प्रेस चौतारीले एमाले पार्टी मुख्यालयमा एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन गरेको सरकारको आलोचना गरेका हुन् । अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुनु पर्नेमा जोड दिए । धरानमा एमाले उम्मेदवारको घरमा बम भेटिएको, आइतबार बुटवलमा आफू सहभागी भएको सभाक...
शीर्ष नेताहरु कसले कहाँबाट मत हाल्दैछन ?

शीर्ष नेताहरु कसले कहाँबाट मत हाल्दैछन ?

काठमाडौं । स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । देउवा केही दिनदेखि उतै...
दार्जीलिङमा दमन भएको भन्दै भारतीय दूतावास अगाडि विप्लव समूहको विरोध प्रदर्शन

दार्जीलिङमा दमन भएको भन्दै भारतीय दूतावास अगाडि विप्लव समूहको विरोध प्रदर्शन

काठमाडौं । दार्जीलिङमा दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले नेपाली भाषी भएकै कारण दमन भएको र यो मानवअधिकारको घोर उल्लंघन भएको बताए । भारतकै अन्य राज्यका जनताले आन...
ओलीले बुटवलमा भने- कांग्रेसको बैंस हरायो

ओलीले बुटवलमा भने- कांग्रेसको बैंस हरायो

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको बैंस हराएको टीप्पणी गरेका छन् । बुटवलको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेस-माओबादीको गठबन्ध अप्राकृतिक भएको बताए । ‘बुढो कांग्रेसलाई आलोचना गर्ने मन छैन’ भन्दै भाषण शुरु गरेका उनले धेरै समय कांग्रेस र माओवादीको आलोचनामै खर्चिए । कांग्रेस पाटपूर्जा जोडेको पुरानो गाडी भन्दै ओलीले ‘जापनीज गाडीमा इन्डियन इन्जिन जोडेर हाम्रो नय...
दोस्रो चरणको चुनाव लगतै राप्रपा सरकारमा जान्छः राणा

दोस्रो चरणको चुनाव लगतै राप्रपा सरकारमा जान्छः राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले दोस्रो चरणको निर्वाचन सम्पन्नभएलगत्तै आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राणाले भने, ‘सरकारमा सहभागी हुनेबारे गृहकार्य भइरहेको छ, हामीले समर्थन गरेको सरकारमा सहभागीनहुने भन्ने कुरै हुँदैन ।’ तर कतिओटा मन्त्रालय लिने भन्नेबारे अझै निर्णय नभएको भन्दै उनले भने, ‘तीनदेखि...
महालक्ष्मीमा पर्शुरामको यस्तो भाषण: जसका कारण कार्यकर्ताले बोकेरै नचाए (भिडियो)

महालक्ष्मीमा पर्शुरामको यस्तो भाषण: जसका कारण कार्यकर्ताले बोकेरै नचाए (भिडियो)

नेकपा एमालेका तर्फबाट धनकुटाको महालक्ष्मी नगरपालिकामा मेयरका उम्मेदवार पर्शुराम नेपालले गरेको भाषणको भिडियो हेर्नुहोस्... मेयरका उम्मेदवार पर्शुराम नेपाललाई कार्यकर्ताले बोकेर नचाएको तस्वीरहरु हेर्नुहोस् ...
मोरङमा उम्मेद्वारको घरमा बम बिष्फोट

मोरङमा उम्मेद्वारको घरमा बम बिष्फोट

मोरङ। मोरङको उर्लाबारीस्थित नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार खड्ग फागोको घरलाई लक्षित गरि आज बिहान अज्ञात समुहले बिष्फोट गराउकाे छ। बिहान करिब साढे २ बजेको समयमा फागोको घरमा लगाईएको कम्पाउण्ड वालमा बिष्फोटक पर्दाथ बिष्फोट गराईएको भेटिएको छ । बिष्फोटबाट पर्खालमा सामान्य क्षती पुगेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ । एकाबिहानै भएको बिष्फोटको आवाज फागोको घर आसपासमा प...
अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ : नेता खनाल

अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ : नेता खनाल

इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दोस्रो चरणको निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।  इलामको रोङ गाउँपालिकाअन्तर्गत जिर्मलेको सलकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारको लाचारीपनले गर्दा प्रदेश नं २ को चुनाव सरेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।...
राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने

राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ ।  पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले ...
प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ : प्रधानमन्त्री

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ : प्रधानमन्त्री

भीमदत्तनगर  । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भन्नुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले)सहितसँग छलफल गरी...
धनकुटाको महालक्ष्मी नगरमा एमाले उम्मेदवारलाई बालबालिकाले यसरी गरे सम्मान (फोटो फिचरसहित)

धनकुटाको महालक्ष्मी नगरमा एमाले उम्मेदवारलाई बालबालिकाले यसरी गरे सम्मान (फोटो फिचरसहित)

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि घरदैलो अभियानमा रहेका एमाले उम्मेदवारहरुलाई आज धनकुटाको महालक्ष्मी नगरपालिकामा बाल क्लवको तर्फबाट सम्मान गरिएको छ । महालक्ष्मी नगरपालिका–१ पिपलडाँडा स्थित एकता बाल क्लवले एमाले उम्मेदवारहरुलाई सम्मान गर्दै बिजयको शुभकामना दिएको हो । सो अवसरमा एमालेका तर्फबाट महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्मेदव...
धनकुटामा तीन पत्रकार चुनाव भिड्दै

धनकुटामा तीन पत्रकार चुनाव भिड्दै

धनकुटा । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा धनकुटाका तीन जना पत्रकारले प्रतिस्पर्धा गर्ने भएका छन । पत्रकारिता क्षेत्रमा क्रियासिल सन्तवीर लामा, कल्पना थापा र मेघराज खतिवडा भिन्न–भिन्न तीन पार्टीबाट उम्मेदवार बनेर चुनावी तयारीमा जुटेका हुन । धनकुटा नगरपालिका–६ को वडाध्यक्षमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पत्रकार सन्तवीर लामाले उम्मेदवारी दिएका छन् । धरानबाट प्रकाशित ...
उम्मेदवारको अवस्था अझै अज्ञात

उम्मेदवारको अवस्था अझै अज्ञात

इलाम । इलाम नगरपालिका–१२ का वडाध्यक्ष पदका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ ।  आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएका राई आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए । त्यसपछि उहाँ अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ, माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले बताउनुभयो । बेपत्ता राईको खोजी कार्यका ...
भोजपुरका एक हजार ३५१ उम्मेरदार चुनावी मैदानमा

भोजपुरका एक हजार ३५१ उम्मेरदार चुनावी मैदानमा

भोजपुर । दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको भोजपुरमा कुल एक हजार ३५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ । चौध वडा रहेको षडानन्द नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने छ वडा रहेको पौवादुङ्मा...
error: Content is protected !!