विदाई हुँदै थापाले भने– नेपालमा विखण्डनकारीको जन्म भयो
काठमाडौं, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा विखण्डनकारीको जन्म भएको बताएका छन् ।
ब्यवस्थापिका संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै थापाले परिवर्तनका नाममा नेपालमा विखण्डनकारीको जन्म भएको बताए । सविधान निर्माण भइसकेपछि देश स्थिरता र आर्थिक प्रगति हुने अपेक्षा नेपाली जनताको रहे पनि त्यस्तो अनुभूति गर्न नपाएको उनले गुनासो गरे ।
संविधानसभाबाट सविधान निर्माण गर्न...

























