बझाङ, २२ मंसिर । बझाङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमालेका भैरवबहादुर सिंह ३४ हजार ६१२ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९१० मत प्राप्त गरे। यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा एमालेकै अर्जुनबहादुर थापा १७ हजार ८६४ मत ल्याएर विजयी भए।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्दादेवी जोशीले १३ हजार १९७ मत पाइन्। प्रदेशसभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी देवकी मल्ल विजयी भइन्। उनले १६ हजार ४४३ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरेशबहादुर सिंहले १४ हजार २४२ मत पाए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!