अनेरास्ववियू पुनर्गठन गरिने
काठमाडौँ, २३ फागुन । अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ ।
लामा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उहाँ अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)सँग नेकपा(एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामा...































