मतदानपछि सुवास नेम्वाङले भने– अब मुलुकले फड्को मार्यो
इलाम, २१ मंसिर । पूर्वसभामुख एवं इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुवासचन्द्र नेम्बाङले निर्वाचनले संविधान कार्यान्वयनमा ठूलो फड्को मारेको बताएका छन् ।
इलाममा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘यो नेपालीका लागि हर्षको विषय हो । संविधान जारी गर्ने सभाको अध्यक्षको हैसियतबाट झन् यति धेरै खुशी छु की वर्णन गर्नै सक्दिन ।’
सदरमुकामको बालमन्दिर केन्द्रमा विहान ...






















