काठमाडाैं, २२ फागुन ।  दुई दिने नेपाल भ्रमण पूरा गरेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फर्किएका छन् ।

Advertisement

त्यसअघि उनले अब्बासी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । साथै मंगलबार विहान माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले अब्बासीलाई भेटेका थिए ।

अब्बासी सोमबार अपराहृन काठमाडौं आएका थिए । उनलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो भने साँझ प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता भएको थियो ।

अब्बासीलार्इ विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म पुगेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!