अनलाइनखबर

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Advertisement

२०३० सालबाट राजनीतिमा आवद्ध राई दोस्रो संविधानसभामा समानुपातिक सांसद पनि थिइन् । उनी कांग्रेस नेता दिवानसिंह राईकी छोरी हुन् । २०१५ सालमा सांसद बनेका उनको पञ्चायत कालमा हत्या भएको थियो ।

कांग्रेसमा सांसद मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवारका रुपमा हेरिएको थियो । तर, एमालेले विद्या भण्डारीलाई अघि सारेपछि कांग्रेसले पनि महिला उम्मेदवार बनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!