राप्रपाबाट गोली प्रहार घटनाको छानवीन माग
काठमाडौँ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेका छन् ।
राप्रपाका प्रवक्ता भुवन पाठकले आज विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उद्देश्यले घटना गराइएको आरोप लगाउँदै धार्मि...



























