गुरुङको राजनीतिक यात्राः हली हड्तालदेखि प्रदेश ४ को मुख्यमन्त्रीसम्म
पोखरा, २९ माघ । प्रदेश नं ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्वा गुरुङ नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
कूल ६० सदस्य भएको प्रदेशसभामा २७ सदस्य रहेको नेकपा (एमाले)का संसदीय दलको नेता गुरुङलाई १२ सदस्य रहेको नेकपा (माओवादी केन्द्र) को समर्थन छ । हलीको ज्यालावृद्धिको आन्दोलनदेखि प्रदेशको मुख्यमन्त्रीसम्म बन्न सफल गुरुङ हाल लमजुङ प्रदेश...




























