नेकपाको चियापानमा ५० हजारलाई निम्तो
काठमाडौँ, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ ।
पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए ।
गत वर्ष सङ्...

























